Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन

Madesh-1721371694.jpg

४ साउन, जनकपुर । सरकार बाहिर रहेका दलहरुले शुक्रबार मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका छन् । संविधान सभा सदस्य शीतल झाको नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी, मधेसी राष्ट्रिय मुक्ति मोर्चा र नेपाल सद्भावना पार्टीले  ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका हुन् ।
मोर्चाले प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व हटाउने, राष्ट्रिय सभाको स्वरुप र भूमिका बदल्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको तयारी गरेकाले संघर्षको तयारी स्वरुप समिति बनाएको जनाईएको छ । राज्यका हरेक अंगमा समावेशिताको सुनिश्चितता एवं समावेशी प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमाङ्कनमा पहिचान आधारित सुधार लगायतका विषयमा वर्तमान संविधानमा अग्रगामी संशोधनको निमित्त मधेसी, थारु, पिछड़ा वर्ग, दलित मुस्लिम आदिवासी–जनजातिले संघर्ष गर्दै आएको बताउँदै समितिका संयोजक झाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले प्राप्त उपलब्धिहरु समाप्त गरी एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको बताए ।
समितिद्वारा जारी विज्ञप्तिमा तमलोपाका अध्यक्ष एवं पूर्वसांसद वृषेशचन्द्र लाल, तमलोपाका वरिष्ठ नेता तथा संविधान सभा सदस्य डा। विजय कुमार सिंह, पूर्वमन्त्री तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका इन्चार्ज मातृका यादव, संयोजक जगत प्रसाद यादव, सहसंयोजक नन्दकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, महासचिव पवनकुमार साह र एकीकृत समाजवादीका नेता शीतल झाले जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनमार्फत अभिव्यक्त आकांक्षा विरुद्ध कुनै पनि उल्टो संशोधनको दुष्प्रयास नगर्न विज्ञप्तिमा चेतावनी दिइएको छ ।
समितिले साउन २६ गते जनकपुरधाममा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार