Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भोलीको प्रदेश बैठकमा पत्रकारलाई यस्तो व्यवस्था

P1-1517392733.jpg

१७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा भोली विहिबार हेटौँडामा बस्दैछ । प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा बैठक बस्ने भएको हो ।

बैठक दिउसो १ बजेका लागि बोलाईएको प्रदेशसभा सचिवालयका प्रमुख डा. रोजराज पाण्डेले बताए । बैठकमा यसपटकदेखि निकै कडाई गरिने भएको छ । यसपटकको बैठकदेखि मार्यादापालक समेत रहनेछन् । तीनले सभालाई व्यवस्थित गर्नेछन् । बैठकमा समाचार संकलन गर्न जाने पत्रकारलाई पनि अबदेखि केही व्यवस्थित गरिएको छ । विहिबारको बैठकका लागि दिउसो १२ बजे उपस्थित हुन संचारकर्मीलाई आग्रह गरिएको छ । संचारकर्मीलाई भित्र छुट्टै स्थानमा बस्ने व्यवस्था गरिएको छ । त्यो स्थानमा बस्ने संचारकर्मीले तस्विर वा भिडियो लिन पाउने छैन, रिपोर्टिङ मात्रै गर्न पाउनेछन् ।

पाण्डेले संसद भवन निकै साघुरो भएका कारण २० जना संचारकर्मीहरु मात्र भित्र बसेर रिपोटिङ गर्न सक्ने बताएका छन् । टेलिभिजन र रेडियोका संचारकर्मीहरुका लागि दृष्य र श्रव्य प्रदेश सचिवालयले उपलव्ध गराउने जानकारी दिईएको छ । त्यसैगरी पत्रिकामा काम गर्ने संचारकर्मीहरुले भने भित्र गएर फोटो खिच्ने बित्तीकै बाहिर आउनुपर्नेछ । बाहिर बस्नुपर्ने संचारकर्मीले प्रोजेक्टरमा हेरेर समाचार संकलन गर्न सक्ने ब्यबस्था मिलाइएको पाण्डेले जानकारी गराएका छन् । रिपोटिङमा एउटा संचार माध्यमबाट एक जना संचारकर्मी आफ्ना संचार माध्यमको परिचयपत्र लिएर मात्र आउनुपर्ने व्यवस्था गरिएको छ ।

२० जना भित्र छिर्ने र बसिरहने संचारकर्मीका लागि संसद सचिवालयको पास उपलब्ध गराउने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार