Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा रहेको रानी वनको कारोबार साढे ३५ लाख

IMG_20240721_203635-1721573510.jpg

६ साउन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको कारोबार साढे ३५ लाख रहेको छ।सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल वन समूहले आर्थिक वर्ष २०८०/०८१ मा साढे ३५ लाखको कारोवार गरेको जनाइएको छ ।

समूहले सालको चिरानी काठ विक्रीबाट २३ लाख २० हजार बाकल विक्रीबाट १ लाख ५४ हजार, दाउरा विक्रीबाट २ लाख ७४ हजार आम्दानी गरेको त्यसैगरी डिभिजन वन कार्यालयबाट ३ लाख ७१ हजार नवीकरणबाट ६७ हजार, नयाँ सदस्यता शुल्कबाट ६७ हजार आम्दानी गरेको कोषाध्यक्ष गोमा लामिछानेले जानकारी दिइन्।त्यसैगरि समूहले काठ चिरानी ज्यालामा १३ लाख १० हजार, कर्मचारी तलवमा ४ लाख ५० हजार, वन ब्यवस्थापनमा ४ लाख २५ हजार, सालकको मूती निर्माणमा २ लाख २५ हजार खर्च गरेको लामिछानेले बताइन्। 

समूहले वृक्षारोपणमा ६५ हजार, बाकल ढुवानीमा ८२ हजार, पर्यटकिय क्षेत्र निर्माणमा ७० हजार, साधारणसभामा १ लाख ५५ हजार, वार्षिकोत्सवमा २५ हजार र अन्य कार्यमा २ लाख खर्च गरेको  जनाइएको छ ।समूहले २०८० सालको बागमती प्रदेश स्तरीय प्रथम पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्ला स्तरीय पुरस्कार समेत प्राप्त गरिसकेको समूह अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताएका छन् ।

विश्वमा लोपोन्मुख सालकको संरक्षण गरि यसको संख्यामा वृद्धि गर्ने काममा समेत समूह निरन्तर लागि परिरहेको छ । पर्यापर्यटकिय क्षेत्रको विकासका लागि समूहको ब्लक नं. ५ मा सालकको केज निर्माण गरिनुको साथै ब्लक नंं ६ मा विपि गणेशमान स्मृति शान्तिपार्क समेत निर्माण भैरहेको छ ।वनको संरक्षण, ब्यवस्थापन, महिला समूह गठन, आयआर्जनमा वृद्धि, संस्थागत विकास र सामाजिक कार्य, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा समेत काम गरि समूहले आफनो सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार