पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल शिवाकोटी
६ साउन, हेटौंडा। पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले बीएचएम र बीआइएममा अध्ययनमा छुट दिने जनाएको छ।
कलेजले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बीएचएम र बीआइएम अध्ययनका लागि हेटौंडाबाट जाने विद्यार्थीलाई बिशेष छुट दिने जनाएको हो।
हेटौंडामा आयोजना पत्रकार सम्मेलनमा कलेजले होटल म्यानेजमेन्टको स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेकोले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको जनाएको छ । कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने र विदेश जाने विद्यार्थीलाई समेत दक्षयता हासिल गर्न विषय फलदाई रहेको बताएका छन्।
"कलेज स्थापनाको वर्षको अवसरमा एक करोड ३१ लाख छात्रवृति दिएको र यस वर्ष पनि २५ जनालाई ५० हजारका दरले छात्रवृति दिनेछौँ।" -प्रिन्सिपल शिवाकोटीले भने ।
अनुभवी समूहबाट कलेज सञ्चालन गरिरहेको जानकारी दिँदै बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको बताए।पत्रकार सम्मेलनमा पढ्दै कमाउदै भन्ने नारालाई प्राथमिकता राखेको कलेजका करिब २ दर्जन विद्यार्थीले पार्ट टाइम काम पनि गरिरहेको बताइएको छ। पहिलो वर्ष १३१ जनाले अध्ययन गरेका छन् ।
पत्रकार सम्मेलनमा कलेजमा चितवनसहित मकवानपुर, नवलपरासी र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका बिएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले बताएका छन्।
पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कलेजमा करिब २५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







