Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघ वनविज्ञानद्वारा विद्यार्थीलाई स्वागत तथा सम्मान

Screenshot_20240722_20301-1721659558.jpg

७ साउन, हेटौंडा । नेपाल विद्यार्थी संघ बनविज्ञान संकायद्वारा फरेष्ट्री पढ्न आएका नयाँ तथा पुराना विद्यार्थीलाई क्याम्पसभित्र स्वागत, सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेको छ ।

नेविसंघ वनविज्ञान संकायका सभापति ऋषिराम रेग्मीको सभाध्यक्षता तथा काग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सोमबार वनविज्ञान संकायमा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्ष २०८०-०८४ ब्याजका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित स्वागत तथा पुराना २०७६–०८० ब्याजका विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशसभा सदस्य मिनकृष्ण महर्जन, नेपाल तरुण दल केन्द्रीय सदस्य राजेश भेटवाल, जिल्ला सदस्य राजु खतिवडा, नेविसंघ जिल्ला सचिव आशिष बास्तोला, वनविज्ञान अध्ययन संस्थान फरेष्ट्री क्याम्पसका सहायक क्याम्पस प्रमूख राजेश सिग्देल, स्ववियु सभापति दीपेन्द्र कंडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वनविज्ञान संकायका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीसहितको कार्यक्रममा नेविसंघमा लामो समय योगदान गर्नुहुने कांग्रेसका जिल्लास्तरीय नेता, वनविज्ञान अध्ययन संस्थानमा प्राध्यापन गराउनुहुने प्राध्यापक, तरुण, विद्यार्थी नेताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, ४२ औं वीपी स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका १३ वनस्पतीस्थित टासी छईलिङ्ग गुम्बामा सोमबार बृक्षारोपण गरिएको छ । 

गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, कांग्रेस जिल्ला अनुशासन समिति संयोजक प्रभातकुमार दाहाल, कांग्रेस प्रदेश क्षेत्रीय सभापति एवं हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, कांग्रेस जिल्ला सदस्यहरु नवराज खतिवडा, धिरेन लामा, नवराज वाईबालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

बृक्षारोपण कार्यक्रममा एभोकाडो, कागती, अमला, बेललगायतका विभिन्न ५ सय विरुवा रोपिएको थियो ।

Screenshot_20240722_20295-1721659558.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार