Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यस्तो छ ३ नम्बर प्रदेशको पहिलो बैठकको कार्यसूचि

P1-1517454655.jpg

१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । प्रदेश प्रमुख अनुराधा कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक आव्हान गरेकी हुन् ।

प्रदेश सचिवालय हेटौँडामा बस्ने पहिलो बैठकमा ५ वटा कार्यसूचि तय गरिएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुखबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र बढेर सुनाउने पहिलो कार्यसूचि छ । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले आप्mनो मन्तव्य दिनुहुनेछ । तेस्रो कार्यसूचिमा प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिनेछ । 

चौथोमा कार्यविधि बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन सभामुखले गर्ने र अन्तिम कार्यसूचिमा प्रदेश सभामुखको निर्वाचनको लागि मिति तोक्ने रहेको ३ नम्बर प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । बैठकको तयारी पुरा भएको बताउँदै पाण्डेले ७ वटा प्रदेशमध्ये यो पहिलो बैठक भएकोले विशेष चासो रहेको जिकिर गरे ।

अन्य प्रदेशलाई समेत सन्देश दिने ढंगले तयारी गरिएको उनको भनाई छ । सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । मर्यादा पालक, बम डिस्फोजल टोली र सुरक्षाकर्मीको टोलीले सचिवालयको सुरक्षा दिनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कानूनी दायरामा रहेर गरिने अनुसन्धानमा समर्थन छः बानियाँ
Indra-Baniya-1777893482.jpg

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1777774878.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1600144066_barsha-1777774374.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg