Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछाम प्रहरीले नियन्त्रणमा लियो 'ह्यान्डमेड चरेस' सहित ३ कारोबारी

Screenshot_20240727_16425-1722605188.jpg

१८ साउन, साफेबगर । अछाम प्रहरीले ह्यान्ड मेड चरेस सहित ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिगएको प्रहरी टोलीले मंगलसेन नगरपालिका वडा नम्बर ६ ठूलासैनीमा शङ्कास्पद अवस्थामा हिडिरहेका १ जना र अनुसन्धानका क्रममा थप २ गरी तीनलाई ह्यान्ड मेड चरेस सहित नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । शङ्कास्पद अवस्थामा हिडिरहेका मंगलसेन ५ बस्ने  अन्दाजी २३ वर्षीय अरुण जंग टेलरलाई १ किलो ५४० ग्राम ह्यान्ड मेड चरेस सहित नियन्त्रणमा लिएको थियो ।

निज टेलरलाई अनुसन्धान गर्दा घटनामा संलग्न रहेको आरोपमा मंगलसेन ६ गौरीटाँड बजारमा पसल गरी बस्ने ६७ वर्षीय गोरे चलाउने, मंगलसेन ६ बिरपथ घरभई गौरीटाँड बजारमा तरकारी पसल गर्ने ५९ वर्षीय कलम शाहीले कोल्ड स्टोर पसलमा लुकाइ छिपाई राखेको अवस्थामा ११४ ग्राम चरेस सहित नियन्त्रण लिइएको डिएसपी भण्डारीले जानकारी दिएका छन्। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामले पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार र ओसारपसार नियन्त्रणमा अभियान नै चलाउदै आइरहेको छ।

FB_IMG_1722604141436-1722605188.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार