Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश कांग्रेसको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा मनोनीत

Screenshot_20240803_20273-1722696162.jpg

१९ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेशको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनीत गरेका छन् ।
कांग्रेस बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात बिभागको प्रमुख बिक्रम लामाको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा काठमाडौंमा भएको कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका २४ सदस्यलाई विभागमा मनोनीत गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभापति बानियाँले अहिले ब्यवस्था जोगाउन र देशको समृद्धिको लागि प्रमूख दुई ठूला दल मिलेर सरकार बनाएकाले यो सरकारलाई असफल हुने छुट नभएको बताए ।
प्रत्यक्ष निर्वाचनमा नै समाबेशिताको सुनिश्चितता गरी संविधान संशोधन आवश्यक रहेको बताउँदै सभापति बानियाँले राणा, राजा र माओवादीसम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको कांग्रेस पछि पर्नुमा आन्तरिक मनमुटाव प्रमूख कारण रहेकाले यसको लागि केन्द्रीय नेतृत्व तहले विशेष ध्यान दिन आग्रह गरे ।
विभागमा सदस्यहरु चेत बहादुर तामाङ, सन्तोष कुमार रोक्का, नेत्रमान प्रधान, रामेश्वर पुडासैनी, राजकुमार चौरेल, बिनुलक्ष्मी ताम्राकार, खड्कप्रसाद सिवकोटी, बिकास काजी श्रेष्ठ, म्हेन्दो लामा, छिरिङ डोल्मा लामा मनोनीत भएका छन् ।
त्यस्तै चेतना थापा कार्की, निर्मल लामा स्याङतान, कविता भट्टराई, हरी पनेरू, पदमबहादुर भण्डारी, अशोककुमार तण्डुकार, शिवकुमार खड्का, बाबुराम प्रधान, राज ढुंगाना, दीपेन्द्र खरेल, कमल खत्री, रमेश पौडेल, राजन कार्की र निर्मल थापालाई विभागको सदस्यमा मनोनीत गरि प्रमाणपत्र वितरण गरिएको थियो ।
बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको कार्यक्रममा प्रदेश सदस्य जगदिशनरसिं केसी, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार