१९ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेशको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनीत गरेका छन् ।
कांग्रेस बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात बिभागको प्रमुख बिक्रम लामाको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा काठमाडौंमा भएको कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका २४ सदस्यलाई विभागमा मनोनीत गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभापति बानियाँले अहिले ब्यवस्था जोगाउन र देशको समृद्धिको लागि प्रमूख दुई ठूला दल मिलेर सरकार बनाएकाले यो सरकारलाई असफल हुने छुट नभएको बताए ।
प्रत्यक्ष निर्वाचनमा नै समाबेशिताको सुनिश्चितता गरी संविधान संशोधन आवश्यक रहेको बताउँदै सभापति बानियाँले राणा, राजा र माओवादीसम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको कांग्रेस पछि पर्नुमा आन्तरिक मनमुटाव प्रमूख कारण रहेकाले यसको लागि केन्द्रीय नेतृत्व तहले विशेष ध्यान दिन आग्रह गरे ।
विभागमा सदस्यहरु चेत बहादुर तामाङ, सन्तोष कुमार रोक्का, नेत्रमान प्रधान, रामेश्वर पुडासैनी, राजकुमार चौरेल, बिनुलक्ष्मी ताम्राकार, खड्कप्रसाद सिवकोटी, बिकास काजी श्रेष्ठ, म्हेन्दो लामा, छिरिङ डोल्मा लामा मनोनीत भएका छन् ।
त्यस्तै चेतना थापा कार्की, निर्मल लामा स्याङतान, कविता भट्टराई, हरी पनेरू, पदमबहादुर भण्डारी, अशोककुमार तण्डुकार, शिवकुमार खड्का, बाबुराम प्रधान, राज ढुंगाना, दीपेन्द्र खरेल, कमल खत्री, रमेश पौडेल, राजन कार्की र निर्मल थापालाई विभागको सदस्यमा मनोनीत गरि प्रमाणपत्र वितरण गरिएको थियो ।
बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको कार्यक्रममा प्रदेश सदस्य जगदिशनरसिं केसी, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















