२५ साउन, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।नाग पञ्चमीको अवसर पारेर आयोजना गरिएको महायज्ञको मकवानपुर क्षेत्र नम्बर २ का सासंद तथा सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन् ।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको महायज्ञमा उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि बर्तौलाले सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने पहल गरिने बताए ।
उदघाटन पुर्व जलेश्वरधाम क्षेत्रबाट जल लिएर सिमलटार, कालिवन धादिङ बजार क्षेत्र परिक्रममा गरि महायज्ञ परिसरसम्म कलशयात्रा गरिएको थियो । करिब २ सय महिला तथा पुरुषहरुले कलश यात्रामा सहभागिता रहेको कलशयात्रा उपसमितिका संयोजक बालकुमारी दुलालले बताइन् । कलश यात्रामा ब्रामण्ड बाजा र राधाकृष्ण खैजेडी समूहले आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रममा युवा पण्डित कपिलदेव भट्ट, वडा ५ का वडाध्यक्ष दिपेश दहाल, मकवानपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष विदुर हुमागाई, मूल समारोहका वरिष्ठ उपाध्यक्ष प्रेमनिधि तिमल्सिना लगायतले महायज्ञ सफलता सहितको शुभकामना भनाई राखेका थिए । कार्यक्रममा उपकथा वाचक पण्डित डेगनाथ ढकाल, अग्नि आचार्य गुरु प्रकाश भट्ट, १००८ भागवत संकल्पक पण्डित श्यामसुन्दर आचार्य, समाजसेवी चन्द्रप्रसाद दुलाल, ईन्द्रबहादुर बस्नेत, सिमलटार टोल विकास संस्थाका अध्यक्ष श्यामप्रसाद लामा, अस्थायी प्रहरी चौकी धादिङका प्रमुख गगेन्द्रप्रसाद कुर्मी लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
हिन्दुधर्मालम्बी र बौद्ध धर्मालम्बीको भगवानहरु महादेव र गौतम बुद्धको पुजाआजा गर्ने स्थान एकै क्षेत्रमा रहोस् भन्ने साझा उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेले बताए ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















