Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चितवन स्थित युटेकमा स्नातक र स्नातकोत्तरमा पढाइ हुने

Screenshot_20240809_16554-1723202011.jpg

२५ साउन, हेटौंडा ।  चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले चितवन जिल्लामा पहिलो पटक यसै वर्षबाट स्नातक र स्नातकोत्तरमा  नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने भएको छ।

 कलेजले पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त गरी ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले जानकारी दिएका छन्। 

अवस्थीले कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिने गरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको बताए।चार वर्षे स्नातक कार्यक्रमका लागि १० लाख ६८ हजार रुपैयाँ खर्च हुने तथा स्नातकोत्तर कार्यक्रमका लागि पाँच लाख ५३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाइएको छ।  यसै अवसरमा कलेजमा अध्ययन गर्न भरतपुर महानगरपालिकाभित्र बाट भर्ना हुने विद्यार्थीहरुका लागि थप १५ प्रतिशत छुट दिइने तथा भरतपुर ११ का बासिन्दालाई थप सहुलियत प्रदान गरिने अवस्थीको भनाइ छ ।

कलेजले एक समारोहका बीच कार्यक्रमको शुभारम्भका साथै‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत अनावरण गरेको छ । हाल कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको छ । कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भइ विभिन्न क्षेत्रहरुमा सेवारत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो । हरेक शैक्षिकसत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिए सहित उत्कृष्ट नतिजा ल्याउने गरेका ढकालले बताउनुभयो । यस कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भइ कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका भन्दै ढकालले कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा पावर पोइन्ट प्रोजेक्टर तथा स्मार्ट बोर्डको माध्यमबाट पढाइ हुँदै आएको बताउनुभयो ।  कलेजमा रहेका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तर कलेज प्रतियोगिता समेत गर्दै आएका कलेजका अध्यक्ष चुडामणि खनालले  बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार