२५, साउन, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले शुक्रवार हेटौडामा विचार गोष्ठी सहित सञ्चारकर्मी र सामुदायिक वन समूहलाई प्रशंसा पत्र प्रदान गरि नवौं सामुदायिक वन दिवस मनाएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे विकासमा महत्वपूर्ण काम गरेको बताए । वातावरण सन्तुलन, हरियाली प्रवर्धनमा गरेको काम विश्वले प्रशंसा गरेको बताउदै वन क्षेत्रको समग्र विकासमा तीने तहको सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।
डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबंशीले सामुदायिक वनले अव वन ब्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताउदै वनबाटै समृद्धि ल्याउन सकिने बताए । कतिपय सामुदायिक वन समूह निष्क्रिय रहेको र त्यस्ता समूहलाई सक्रिय बनाउन महासंघ क्रियाशिल हुनु पर्ने र यसको लागि वन कार्यालय सहयोग गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रममा सामुदायिक वनले गरेका क्रियाकलापहरुलाई जनसमुदाय माझ पु¥याउन महत्वपूर्ण योगदान गर्नु हुने समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, सञ्चारकर्मी भीमसेन पौडेल र वनडढेलो नियन्त्रणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बुद्धिप्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।यसैगरि सामुदायिक वनको विभिन्न विद्यामा उत्कृष्ठ कार्य गर्ने सामुदायिक वन समूहलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन हेटौडा–८ मा रहेको चित्रेपानी सामुदायिक वन हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन, हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन, मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन र स्थानीय महासंघ थाहालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख रघुराम पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय सदस्य रामहरि चौलागाई, वन विशेषज्ञ जगदिश चन्द्र बराल, फेकोफन बागमती प्रदेश कोषाध्यक्ष नानी मायाँ रुम्बा, नेपाल हस्तकला संघ, बागमती प्रदेश उपाध्यक्ष कमला सुवेदी, फेकोफन मकवानपरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, थाहा अध्यक्ष गणेशमान श्रेष्ठ, चनौटा सामुदायिक वनका अध्यक्ष हरिशरण पौडेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, चित्रेपानी सामुदायिक वनकी अध्यक्ष बाल कुमारी थापा, विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता,सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




