Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फेकोफन मकवानपुरले मनायो सामुदायिक वन दिवस

FB_IMG_1723221631773-1723221674.jpg

२५, साउन, हेटौडा ।  सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले शुक्रवार हेटौडामा विचार गोष्ठी सहित सञ्चारकर्मी र सामुदायिक वन समूहलाई प्रशंसा पत्र प्रदान गरि नवौं सामुदायिक वन दिवस मनाएको छ। 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे विकासमा महत्वपूर्ण काम गरेको बताए । वातावरण सन्तुलन, हरियाली प्रवर्धनमा गरेको काम विश्वले प्रशंसा गरेको बताउदै वन क्षेत्रको समग्र विकासमा तीने तहको सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबंशीले सामुदायिक वनले अव वन ब्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताउदै वनबाटै समृद्धि ल्याउन सकिने बताए । कतिपय सामुदायिक वन समूह निष्क्रिय रहेको र त्यस्ता समूहलाई सक्रिय बनाउन महासंघ क्रियाशिल हुनु पर्ने र यसको लागि वन कार्यालय सहयोग गर्न सदैव तयार रहेको बताए ।

कार्यक्रममा सामुदायिक वनले गरेका क्रियाकलापहरुलाई जनसमुदाय माझ पु¥याउन महत्वपूर्ण योगदान गर्नु हुने समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, सञ्चारकर्मी भीमसेन पौडेल र वनडढेलो नियन्त्रणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बुद्धिप्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।यसैगरि सामुदायिक वनको विभिन्न विद्यामा उत्कृष्ठ कार्य गर्ने सामुदायिक वन समूहलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन हेटौडा–८ मा रहेको चित्रेपानी सामुदायिक वन हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन, हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन, मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन र स्थानीय महासंघ थाहालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख रघुराम पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय सदस्य रामहरि चौलागाई, वन विशेषज्ञ जगदिश चन्द्र बराल, फेकोफन बागमती प्रदेश कोषाध्यक्ष नानी मायाँ रुम्बा, नेपाल हस्तकला संघ, बागमती प्रदेश उपाध्यक्ष कमला सुवेदी, फेकोफन मकवानपरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, थाहा अध्यक्ष गणेशमान श्रेष्ठ, चनौटा सामुदायिक वनका अध्यक्ष हरिशरण पौडेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, चित्रेपानी सामुदायिक वनकी अध्यक्ष बाल कुमारी थापा, विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता,सञ्चारकर्मी लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार