२८ साउन, हेटौंडा। हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विज्ञ शिक्षकको सुचिकृत नगरेको शिक्षक बैंक र व्यवस्थापनमा सरोकारवाला निकायको सुझावलाई वेवास्ता गरि मोनोपोली (एकलौटी ) गरेको आरोपमा नेपाल शिक्षक महासंघ मकवानपुरले उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाल शिक्षक महासंघ मकवानपुरले २०८१ असार १ गते प्रकाशित राजपत्रमा शिक्षम बैंक र शिक्षक व्यवस्थापन कार्याविधि २०८१ मा व्यवस्था भए अनुसार हुनुपर्नेमा शिक्षम बैंक र व्यवस्थापनमा सो अनुसार नभएको भन्दै केही सुधारात्मक पक्षहरु सहित उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।
नेपाल शिक्षक महासंघ हेटौँडा नगर समिति तथा अन्य पेशागत संस्थाका नगर तथा जिल्लाका नेतृत्व टोली उपमहानगर पुगेर नगर उप– प्रमुख राजेश बानियाँ , सामाजिक महाशाखा संयोजक रामकृष्ण कोइराला र हेटौंडा उपमहानगरका कार्यकारी प्रमुखलाई कार्यविधीका ६ वटा सकारात्मक तथा १४ वडा सुधार गनुपर्ने पक्षहरु सहितको ध्यानाकर्षणपत्र बुझाइएको हो ।
ध्यानाकर्षणपत्र बुझाउदै हेटौडा उपमहानगरपालिका शिक्षा विकाश महाशाखाले शिक्षम बैंक र शिक्षक व्यवस्थापन कार्याविधि २०८१ मा व्यवस्था भए अनुसार नगरी मनोपोली गरेकोले सम्रग शिक्षकहरुका हकहितको लागि ध्यानाकर्षणपत्र बुझाउन बाध्य भएको धारणा सहभागी शिक्षक हरुको रहेको छ ।
यता ध्यानाकर्षणपत्र बुझदै नगर उप– प्रमुख राजेश बानियाँ र सामाजिक बिकास महाशाखा संयोजक रामकृष्ण कोइराला तथा कार्यकारी प्रमुखले शिक्षम बैंक र शिक्षक व्यवस्थापन कार्याविधि २०८१ मा व्यवस्था भएअनुसार शिक्षम बैंक र सो को व्यवस्थापनमा केही त्रुटि हुन पुगेको र सो समन्धमा सबै सरोकारवाला समक्ष छलफलका लागि बसि सो कार्यबिधी सच्याइने प्रतिवद्धता आएको छ ।हेटौँडा उपमहानगरपालिकाको शिक्षा निर्देशकको रुपमा सिताराम कोइराला कार्यरत छन्। काठमाडौँ र भरतपुर महानगरपालिकामा रहदा समेत कोइराला विवादमा तानिएका थिए। उनलाई दुवै महानगरले स्पष्टीकरण सोधेको श्रोतले जनाएको छ।
*यस्तो छ नेपाल शिक्षक महासंघ मकवानपुरले उपमहानगरलाई बुझाएको ध्यानाकर्षणपत्र*
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







