Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ७ पनि भदौ १ गते बालमैत्री वडा घोषणा हुदै

Screenshot_20240813_19512-1723558043.jpg

घोषणा बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट

२९ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ र २ पछि वडा नम्बर ७ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बाललमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । 

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेकोले यहि भदौ १ गते शनिबार हेटौंडाको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडाका  रुपमा घोषणा हुन लागेको हो । वडा नम्बर ७ को कार्यालयले मंगलबार पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो। 

पत्रकार भेटघाटमा बोल्दै वडाध्यक्ष दामोदर गौतमले वडा नम्बर ७ ले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेकोले वालमैत्री वडा घोषणा गर्न लागिएको बताएका छन् ।

वडाध्यक्ष गौतमले तोकिएका सूचक सूचकहरुमध्ये ४६ वटा सूचकहरु सतप्रतिशत र बाँकी सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा हासिल गरेको समेत बताएका छन्। भदौ १ गते शनिबार हेटौंडा ७ स्थित नवज्योती मा विको चौरमा मेयर मिना कुमारी लामा र   उप मेयर राजेश बानियाँको विशिष्ट आतिथ्यमा बाल मैत्री वडा घोषणा गरिने जनाइएको छ। यसका लागि सबै तयारी पूरा भएको वडा सदस्य दिनेश थापामगरले जानकारी दिएका छन्।

शनिबार बिहान वडा कार्यालयबाट झाकी सहित वड परिक्रमा गरी नवज्योती मा विको चौरमा बाल मैत्री वडा घोषणा गरिने  वडा सदस्य श्याम सुन्दर परियारले बताएका छन्। उनले वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९८ बालबालिका रहेका छन् । १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेको कुरा उल्लेख गरेका थिए। 

पत्रकार भेटघाटमा बालमैत्री घोषणा पश्चात् यसको दिगोपनाका लागि लगानी योजना र पञ्चवर्षे रणनीतिक योजना दस्तावेज तयार पारिएको हेटौंडा उपमहानगरपालिकाकी महिला बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जनाइन्। पत्रकार भेटघाटमा वडा सदस्य सन्तुमाया पाख्रिन, राधिका विक र वडा सचिव भैरव बहादुर कुमाल लगायल वाल सहजकर्ताको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार