घोषणा बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट
२९ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ र २ पछि वडा नम्बर ७ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बाललमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेकोले यहि भदौ १ गते शनिबार हेटौंडाको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडाका रुपमा घोषणा हुन लागेको हो । वडा नम्बर ७ को कार्यालयले मंगलबार पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो।
पत्रकार भेटघाटमा बोल्दै वडाध्यक्ष दामोदर गौतमले वडा नम्बर ७ ले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेकोले वालमैत्री वडा घोषणा गर्न लागिएको बताएका छन् ।
वडाध्यक्ष गौतमले तोकिएका सूचक सूचकहरुमध्ये ४६ वटा सूचकहरु सतप्रतिशत र बाँकी सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा हासिल गरेको समेत बताएका छन्। भदौ १ गते शनिबार हेटौंडा ७ स्थित नवज्योती मा विको चौरमा मेयर मिना कुमारी लामा र उप मेयर राजेश बानियाँको विशिष्ट आतिथ्यमा बाल मैत्री वडा घोषणा गरिने जनाइएको छ। यसका लागि सबै तयारी पूरा भएको वडा सदस्य दिनेश थापामगरले जानकारी दिएका छन्।
शनिबार बिहान वडा कार्यालयबाट झाकी सहित वड परिक्रमा गरी नवज्योती मा विको चौरमा बाल मैत्री वडा घोषणा गरिने वडा सदस्य श्याम सुन्दर परियारले बताएका छन्। उनले वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९८ बालबालिका रहेका छन् । १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेको कुरा उल्लेख गरेका थिए।
पत्रकार भेटघाटमा बालमैत्री घोषणा पश्चात् यसको दिगोपनाका लागि लगानी योजना र पञ्चवर्षे रणनीतिक योजना दस्तावेज तयार पारिएको हेटौंडा उपमहानगरपालिकाकी महिला बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जनाइन्। पत्रकार भेटघाटमा वडा सदस्य सन्तुमाया पाख्रिन, राधिका विक र वडा सचिव भैरव बहादुर कुमाल लगायल वाल सहजकर्ताको सहभागिता रहेको थियो।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







