Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा कर वृद्धि:एमालेका जनप्रतिनिधिको दोहोरो चरित्र, पहिले हुन्छ, अहिले भएन

Screenshot_20240815_07015-1723684783.jpg

३१ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको २५ गतेको नगर बैठकले सर्वसम्मत पारित गरेको कर वृद्धि र करको शिर्षक हेरफेरको विषयमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले दोहोरो चरित्र देखाएका छन्। कर वृद्धिको विषयमा बसेको बैठकमा कर वृद्धि गर्नुपर्छ भनेर हस्ताक्षर गरेका एमाले जनप्रतिनिधिको हप्ता दिन नबित्दै बुधबार गोप्य बैठक बसेर ४८ जना जनप्रतिनिधिले हस्ताक्षर गरी कर वृद्धि ठिक छैन भनेर पुन नगर बैठकको माग  गरेका छन्। एमाले जनप्रतिनिधिको यस हर्कतले अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ। 

यता केही दिनदेखि उपमहानगरले करको दरमा गरेको हेरफेरको विरोध गर्दै मकवानपुर उद्योग बाणिज्य संघले आन्दोलन गरिरहेको अवस्थामा एक्कासि एमालेबाट हेटौंडा उपमहानगरपालिमा निर्वाचित वडाध्यक्ष, सदस्य र कार्यपालिका सदस्यले बैठक आव्हान गर्नु व्यवसायीक मुद्धालाई राजनीतिक ऐजेण्डाको रुपमा अगाडि सारेको होकी भन्ने राजनीतिक विश्लेषकको बुझाइ छ।

आफुहरु बसेर चिया र बिस्कुट खाएरै सर्वसम्मत कर बढाउने कुरा ताली बुझाएर सर्वसम्मत निर्णय कार्यान्वयनमा समर्थन गरेकोमा हप्ता दिन नबित्दै गोप्य बैठक बसेर कर वृद्धि ठिक होइन भन्दै पुन नगर बैठक आव्हान गर्ने कुराले सबै नगरबासी जिल परेका छन्। 

हेटौंडा उपमहानगरपालिकाले आर्थिक ऐन साउन १ गते लागू भएर राजस्व संकलन सुरु भइसकेको छ नगरले विभिन्न शिर्षकमा ३३ प्रतिशत देखि १५० प्रतिशत भन्दा बढी कर बढाएको छ। कर वृद्धिकाे विराेधमा मकवानपुर उधाेग वाणिज्य संघले आयाेजना गरेको विरोध कार्यक्रमले राजनैतिक एजेन्डा लिने होकी भन्ने स्वयं व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार मैन बत्ती बालेर जनप्रतिनिधि खोज्ने कार्य तालिका रहेको छ।

FB_IMG_1723684218007-1723684827.jpg
FB_IMG_1723684220502-1723684828.jpg
FB_IMG_1723684222991-1723684847.jpg
FB_IMG_1723684225531-1723684847.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार