Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया गाउँपालिकामा ५ दलको तालाबन्दी

IMG_20240818_185838-1723987000.jpg

२ भदौं, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको मनोमानी ढङ्गले चलेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको छ। 

गाउँपालिकामा अनियमितता बढेको  विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष धर्मराज लामिछानेले आफूखुसी एकलैटी तरिकाले चलेको, आफ्ना नजिकका कर्मचारीको सरुवा, प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाउने जस्ता विषयमा वेवास्ता गरेको भन्दै  एमाले, माओवादीलगायतका ५ दलले अनिश्चितकालिन तालबन्दी गरेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा बहुमत, रास्वपा लगायतका ५ राजनैतिक दलले आइतबार कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्। 

अध्यक्षले छलफल र समन्वय नै नगरी मनलाग्दी गर्न लागेपछि आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको नेकपा एमाले बकैया इन्चार्ज नारायण तिमल्सिनाले बताएका छन्। 

५ राजनैतिक दलले संयुक्त रुपमा  विज्ञप्ति जारी गरि गाउँपालिकाको अराजक क्रियाकलाप नसच्याए थप कडा आन्दोलनको चेतावनी समेत  दिएका छन्। यता केही दिन अघि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिका अध्यक्ष लामिछानेले स्वास्थ्य शाखाको कर्मचारी तोक्ने क्रममा एकलौटी गरेको भन्दै तालाबन्दी गरेका थिए।

   यस्तो छ ५ दलको संयुक्त प्रेस विज्ञप्ति 

FB_IMG_1723986774393-1723987001.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार