Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सौगात र सृष्टि सँगै फिल्म गर्न तयार

Saugat-1517727523.jpg

२१ माघ, हेटौँडा । नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको खबर अब नौलो रहेन । यी दुईले नै आफूहरु एकअर्काको प्रेममा रहेको स्वीकार गरिसकेका छन् । गएको दुई हप्ता अगाडि सृष्टि प्रेमी सौगात अभिनीत फिल्म 'लालपुर्जा' हेर्न हलमा पुगेकी थिइन् । 

सौगात 'फ्रि' हुँदा बढी जसो समय प्रेमिका सृष्टिसँग नै विताउने गर्छन् । यतिमात्र होइन सृष्टिको गाडीमा अहिले सबैभन्दा धेरै सौगात देखिन्छन् । फिल्ममा काम गर्दैगर्दा प्रायः सेलिव्रेटीहरु प्रेममा पर्ने गर्छन् । तर, सौगात र सृष्टिले भने अहिलेसम्म कुनै पनि फिल्ममा सँगै काम गरेका छैनन् । 'लालपुर्जा' मा सृष्टिको अभिनय भएता पनि सौगातसँग भेट नहुँदै फिल्म अन्त्य भयो । यो फिल्म सफल भएको हुन्थ्यो भने दोस्रो भागमा यो जोडीलाई देख्न पाउने सम्भावना प्रवल थियो तर त्यो पनि गर्भमै तुहियो । के दर्शकले अब यो जोडीलाई पर्दामा देख्न पाउने सम्भावना छ ? 

केही दिन अगाडि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नायक मल्लले आफूहरु राम्रो स्क्रिप्ट भए मात्र सँगै काम गर्ने खुलाए । उनले भने, ‘हामी दुईलाई राखेर फिल्म बनाउने भन्दै धेरै निर्माता-निर्देशक आउनु भएको छ । तर, हाम्रो कोशिश लटरपटर स्क्रिप्टमा काम नगर्ने भन्ने हो । हामी दुई जना भएपछि बेष्ट स्क्रिप्ट हुनु पर्छ ।’ यो भनाईले पनि सौगात, सृष्टिसँग फिल्ममा काम गर्न आतुर रहेको आशय प्रष्ट हुन्छ । अर्को वर्षको चैतसम्मका लागि प्याक भइसकेका सौगात पछिल्लो समय बक्स अफिसमा विक्न छाडेका अभिनेतामा गनिन्छन् । उनका पछिल्ला फिल्मको प्रचार सामाग्री हेर्ने हो भने दर्शकहरु दोधारमा पर्ने अवस्था सिर्जना भएको छ । हप्ता ननाघ्दै उनी अभिनीत नयाँ फिल्मका पोष्टर भित्तामा टाँसिन्छन् । 

लगातार फिल्म फ्लप हुँदा सौगातको स्टारडममाथि यतिबेला प्रश्न चिन्ह खडा भएको छ । सौगातले अब आफ्नो करिअर बचाउनका लागि पनि सृष्टिसँग फिल्ममा जोडी बाँध्न आवश्यक देखिन्छ । आशा गरौँ- सौगात र सृष्टिले खोजे जस्तै स्क्रिप्ट चाँडै तयार हुनेछ । र, दर्शकले रियल प्रेम जोडीलाई रिलमा हेर्न पाउनेछन् ।

साभार : फिल्मीखबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार