२१ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी शङ्कर न्यौपानेले मनहरी गाउँपालिकाको वडा नम्बर ४ स्थित ट्वाङ्ग्रामा रहेको चेपाङ प्राविका बिद्यार्थीलाई आफू बाचुञ्जेल बर्षेनी विद्यालय पोशाक उपलब्ध गराउने उद्घोष गरेका छन् ।
आईतबार विद्यालयमा पुगेर नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी न्यौपानेले आफू ज्यूँदो रहँदासम्म चेपाङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक बर्ष पोशाक उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले भने, ‘प्रायः चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका बालबालिकाहरु ‘डे«स’ नभएकै कारण पढाई नछोडुन् भन्ने उद्देश्यले प्रत्येक बर्ष विद्यालय पोशाक उपलब्ध गराउने बताए ।’ विद्यालयमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानले गरिब एवम् आदिवासी जनजाति अध्ययनरत बिद्यालयमा अब पोशाककै कारण पढाई छोड्ने अवस्थाको अन्त्य हुने दावी गरे ।
चेपाङ प्राविमा अहिले एकसय ३४ जना चेपाङ तथा तामाङ समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुबहादुर चेपाङले ‘स्कूलको डे«स’ नभएकै कारण धेरैले बीचमा पढाई छोड्ने गरेको जानकारी दिँदै अब यस्तो अवस्थाको अन्त्य हुने दावी गरे । प्राविसम्म सञ्चालन भैरहेको विद्यालयमा बालविकास सहयोगी कार्यकर्तासहित जम्मा ३ जना मात्रै शिक्षक रहेको र एउटा मात्रै दरबन्दी रहेको प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, पत्रकार सुनिल खड्का, काँग्रेसका स्थानीय नेता पवन खड्का, तरुण नेता विकास गौतमलगायतको उपस्थिती रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















