२१ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी शङ्कर न्यौपानेले मनहरी गाउँपालिकाको वडा नम्बर ४ स्थित ट्वाङ्ग्रामा रहेको चेपाङ प्राविका बिद्यार्थीलाई आफू बाचुञ्जेल बर्षेनी विद्यालय पोशाक उपलब्ध गराउने उद्घोष गरेका छन् ।
आईतबार विद्यालयमा पुगेर नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी न्यौपानेले आफू ज्यूँदो रहँदासम्म चेपाङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक बर्ष पोशाक उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले भने, ‘प्रायः चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका बालबालिकाहरु ‘डे«स’ नभएकै कारण पढाई नछोडुन् भन्ने उद्देश्यले प्रत्येक बर्ष विद्यालय पोशाक उपलब्ध गराउने बताए ।’ विद्यालयमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानले गरिब एवम् आदिवासी जनजाति अध्ययनरत बिद्यालयमा अब पोशाककै कारण पढाई छोड्ने अवस्थाको अन्त्य हुने दावी गरे ।
चेपाङ प्राविमा अहिले एकसय ३४ जना चेपाङ तथा तामाङ समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुबहादुर चेपाङले ‘स्कूलको डे«स’ नभएकै कारण धेरैले बीचमा पढाई छोड्ने गरेको जानकारी दिँदै अब यस्तो अवस्थाको अन्त्य हुने दावी गरे । प्राविसम्म सञ्चालन भैरहेको विद्यालयमा बालविकास सहयोगी कार्यकर्तासहित जम्मा ३ जना मात्रै शिक्षक रहेको र एउटा मात्रै दरबन्दी रहेको प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, पत्रकार सुनिल खड्का, काँग्रेसका स्थानीय नेता पवन खड्का, तरुण नेता विकास गौतमलगायतको उपस्थिती रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















