१५ भदौ, हेटौँडा। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेसको लक्ष्य सामूहिक सुरक्षा रहेको उद्घोष गरेका छन्। जय नेपाल फाउण्डेसन मकवानपुरको आयोजना शनिबार हेटौंडामा भएको राजनीतिक नेतृत्वमा सवक युवा लक्षित आगामी दशक" विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता महतले यसो बताएका हुन्।
विचार गोष्ठीका प्रमुख अतिथि रहेका उनले सबै वर्ग, समुदाय, क्षेत्रको सामाजिक सुरक्षा आवश्यक रहेको ठहर गर्दै त्यसको लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेस लागि परेको बताएका छन्। बिचार गोष्ठीलाई सम्बोधन गर्दै महतले रहेक देशमा निरासा रहेको र नेपालमा देखिएको युवा पलायनको समस्यालाई समाधान गर्न स्पेशल प्याकेज ल्याउन आवश्यक रहेको बताएको छन्। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रहेको कांग्रेस बागमती बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कांग्रेसले शान्ति प्रक्रियालाई सफल बनाएको बताउदै कांग्रेस नेपाली जनताको व्यवस्था मात्र नभई अवस्था समेत परिवर्तन गर्न पछि नपर्ने बताए। उनले जय नेपाल फाउण्डेसन संस्थाले ठगी खाने र मागी खाने कांग्रेसको अन्त्य गरेर गरीखाने कांग्रेस बनाउन सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए।
फाउण्डेसन मकवानपुर संयोजक भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेसन केन्द्रीय अध्यक्ष बद्री अर्याल, फाउण्डेसन संस्थापक सदस्य विजुला वर्मा राणा, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, खेलकुद विज्ञ दीपेन्द्र ढकाल लगायत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कांग्रेस मकवानपुरका पुर्व सभापति, कांग्रेस मकवानपुरका सचिव, सहसचिव लगायत जनप्रतिनिधि, कांग्रेस भातृसंगठनका प्रतिनिधि, प्राध्यापक, वृद्धिजिवि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसबाट. निर्वाचित जनप्रतिनिधिलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। साथै कार्यक्रममा २०८० को एसइइ परीक्षामा उत्तीर्ण भएका राक्सिराङका लक्ष्मण प्रजालाई नगद २ हजार सहित सम्मान गरेको छ। सम्मानित सबैलाई प्रमुख अतिथि महत र विशिष्ट अतिथि बानियाँले सम्मान प्रदान गरेको थिए। कार्यक्रमको स्वागत मन्तव्य हेटौंडा ८ का वडाअध्यक्ष राम बहादुर थापा गरेका थिए।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















