१५ भदौ, हेटौँडा। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेसको लक्ष्य सामूहिक सुरक्षा रहेको उद्घोष गरेका छन्। जय नेपाल फाउण्डेसन मकवानपुरको आयोजना शनिबार हेटौंडामा भएको राजनीतिक नेतृत्वमा सवक युवा लक्षित आगामी दशक" विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता महतले यसो बताएका हुन्।
विचार गोष्ठीका प्रमुख अतिथि रहेका उनले सबै वर्ग, समुदाय, क्षेत्रको सामाजिक सुरक्षा आवश्यक रहेको ठहर गर्दै त्यसको लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेस लागि परेको बताएका छन्। बिचार गोष्ठीलाई सम्बोधन गर्दै महतले रहेक देशमा निरासा रहेको र नेपालमा देखिएको युवा पलायनको समस्यालाई समाधान गर्न स्पेशल प्याकेज ल्याउन आवश्यक रहेको बताएको छन्। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रहेको कांग्रेस बागमती बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कांग्रेसले शान्ति प्रक्रियालाई सफल बनाएको बताउदै कांग्रेस नेपाली जनताको व्यवस्था मात्र नभई अवस्था समेत परिवर्तन गर्न पछि नपर्ने बताए। उनले जय नेपाल फाउण्डेसन संस्थाले ठगी खाने र मागी खाने कांग्रेसको अन्त्य गरेर गरीखाने कांग्रेस बनाउन सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए।
फाउण्डेसन मकवानपुर संयोजक भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेसन केन्द्रीय अध्यक्ष बद्री अर्याल, फाउण्डेसन संस्थापक सदस्य विजुला वर्मा राणा, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, खेलकुद विज्ञ दीपेन्द्र ढकाल लगायत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कांग्रेस मकवानपुरका पुर्व सभापति, कांग्रेस मकवानपुरका सचिव, सहसचिव लगायत जनप्रतिनिधि, कांग्रेस भातृसंगठनका प्रतिनिधि, प्राध्यापक, वृद्धिजिवि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसबाट. निर्वाचित जनप्रतिनिधिलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। साथै कार्यक्रममा २०८० को एसइइ परीक्षामा उत्तीर्ण भएका राक्सिराङका लक्ष्मण प्रजालाई नगद २ हजार सहित सम्मान गरेको छ। सम्मानित सबैलाई प्रमुख अतिथि महत र विशिष्ट अतिथि बानियाँले सम्मान प्रदान गरेको थिए। कार्यक्रमको स्वागत मन्तव्य हेटौंडा ८ का वडाअध्यक्ष राम बहादुर थापा गरेका थिए।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




