Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीद्वारा एलिसा न्यौपाने हत्याका आरोपी पैठान पक्राउ

IMG-20240902-WA0002-1725288313.jpg

न्यौपाने हत्या आरोपी पैठान

१७ भदौ, हेटौँडा। भदौ १० गते हेटौंडा १० टिसिएनरोडको रहेको रत्ना होटलमा मृत अवस्थामा फेला परेकी हेटौंडा ११ की एलिसा भन्ने अलिसा न्यौपानेको हत्याको मुख्य आरोपीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

हत्यामा आरोपी हेटौंडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौंडा ५ लट्टीनाथ एरियाबाट पक्राउ गरेको हो। खानलाई बिशेष सूचनाको आधारमा लुकेर बसेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिइ़एको हो। 

भदौ ९ गते खानसंगै बा ६४ प १३५ नम्बरको स्कुटर चढेर बास बस्न उक्त होटल पुगेकी न्यौपाने भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन्। होटलका सञ्चालकले कोठा नम्बर २०५ मा बसेकी युवती बिहान अबेर नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई टोलिफोन गरेका थिए। टोलिफोनबाट खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी  भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेर जनप्रतिनिधिको रोहोबरमा कोठा फोडेर भित्र प्रवेश गरेको थियो। प्रहरीले न्यौपानेको शव रगतले लतपत्तिएको अवस्थामा फेला पारेको थियो।घटना स्थलबाट शुरु भएको मकवानपुर प्रहरीको अनुसन्धानले अन्नत सफल भएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले  घटनामा संलग्न रहेको आरोपमा निजको आमा ५५ वर्षीय सैरुन खान, निजको श्रीमती २६ वर्षीय रविना खातुन, ससुरा विरगंज ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, पैठानका छोरा ३० वर्षीय फैयाज अहमद गरी ४ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोमा सोमबार साँझ घटनाकोमा संलग्न मुख्य व्यक्त पक्राउ गर्न सफल भएको बताएका छन्। 

"हामिले घटनास्थलको सिसिटिभि फुटेज, घटनाको प्रयोग भएको स्कुटरको आधारमा, संलग्न अन्य व्यक्ति र सूक्ष्म अनुसन्धानबाट घटनाका मुख्य  आरोपी पक्राउ गर्न सफल भएका हौ" - डिएसपी भण्डारीले भने। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार