Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरद्वारा दुई जनालाई सामुदायिक सम्मान 

Samudayik-Samman-1517881428.jpg

२३ माघ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरले आप्mनो ८ औ बार्षिकोत्सवको सन्दर्भमा दुई जनालाई सामुदायिक सम्मान प्रदान गरेको छ । 
रेडियोले हरेक बर्ष प्रदान गर्दै आएको सामुदायिक सम्मान–२०७४ बाट शक्ति समूहका क्षेत्रीय संयोजक अस्मिता तामाङ र विगत १३ बर्षदेखि मकवानपुरको उत्कृष्ट विद्यालय हुँदै आएको आधुनिक माविका प्रधानाध्यापक ऋषिराम पोखरेललाई सम्मान गरेको हो । 
सम्मानित तामाङले सम्मानले थप जिम्मेवारी बढेको महसुस भएको बताइन् । यस्तै अर्का सम्मानित पोखरेलले काम गर्दै जाँदा सम्मान मिल्ने रहेछ भन्ने प्रमाणित भएको बताए । 
यसैविच रेडियोले रेडियोको बर्ष कर्मचारीको रुपमा रेडियो मकवानपुरका समाचार शाखा प्रमुख राजन दाहाल खुसराज नगद ५ हजार ५ सय ५५ सहित पुरस्कृत गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री गौतम, सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीना, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले सम्मान र पुरस्कार प्रदान गरेका हुन् । 
दिव्यतारा सहकारीले २० औं स्थापना दिवसको सन्दर्भमा ३१ जना अनाथ बालबालिकाको पालनपोषण गर्दै आएको हेटौंडा–५ स्थित ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित हाम्रो घरलाई २० हजार रुपैँयाको चेक हस्तान्तरण गरिएको थियो ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सहकारीको कार्यक्षेत्र बढाउने योजनामा रहेको जानकारी दिइन् । 
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार