Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा मोबाइल किन्दा थाइल्याण्ड जान पाइने

Screenshot_20240917_19263-1726580627.jpg

१ असोज, हेटौंडा।  नजिकिदैँ गरेका महानपर्वहरु विजयादशमी, दीपावली तथा छठपर्व लक्षित गर्दै मोवाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर)ले उपहार योजना  सार्वजनिक गरेको छ ।म्यान मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको हो । यस वर्ष दशै तिहारमा मकवानपुरमा मोवाईल खरिद तथा मोवाईल मर्मत गर्दा मोवाईल पसलबाट ग्राहकलाई कुपन प्रदान गरिने उपहार योजना कार्यक्रमका संयोजक एंव म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले बताएका छन्।  हामीले १२ लाख २३ हजार पाँच बराबरको पुरस्कारहरु प्रदान गर्दैछौं, संयोजक न्यौपानेले भने । असोज १ अर्थात आजैका दिनबाट उपहार योजना कार्यक्रम सुरुवात भएको घोषणा गर्दै ग्राहकहरुले अबदेखी मोवाईल खरिद तथा मर्मत गर्दा एउटा कुपन लिन न्यौपानेले आग्रह गरेका छन् । 

उपहारहरु ५ सय ३४ जनालाई प्रदान गरिने उनले बताए । हामीले बम्पर पुरस्कार १ जनालाई स्कुटर प्रदान गर्नेछौं भने एक जनालाई थाईल्याण्ड टुरप्याकेजमा सहभागिता जनाउने संयोजक न्यौपानेले बताए । पुरस्कारहरु इनफिनिक्स जिरो फोन एक जनालाई, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई र स्मार्ट फोन ११ जनालाई प्रदान गरिने संयोजक न्यौपानेले बताए । उपहार योजना कार्यक्रम मकवानपुर जिल्लाभित्र मात्र लागु रहनुका साथै मंसिर ५ गते सम्म यो योजना लागु रहने म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार