Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एक पक्षको प्रयासले मात्र परिवर्तन सम्भव छैन: मूख्यमन्त्री लामा

Screenshot_20240918_20355-1726671074.jpg

२ असोज, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री मुख्यमन्त्री बहादुर सिंह लामाले एक पक्षको प्रयासले मात्र परिवर्तन सम्भव नरहेको बताएका छन् ।
गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समितिको आयोजनामा बुधबार हेटौंडामा भएको नागरिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले यस्तो धारणा राखेका हुन् । 
मुख्यमन्त्री लामाले सुधारको प्रक्रिया सबै पक्षबाट हुनुपर्नेमा जोड दिए । उनले-'केवल एक पक्षको प्रयासले मात्र परिवर्तन सम्भव छैन । सरकार, गैसस र नागरिक समाज सबैले आ-आफ्नो क्षेत्रमा सुधार गर्नुपर्छ'-उनले भने । 
हाल ऐन कानूनको अभावमा गैससहरूसँग समन्वय गर्न समस्या भइरहेको बताउँदै उनले यसका लागि एउटा दीर्घकालीन सोचसहितको ऐन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । 
उनले गैससहरूको संख्या एकीन गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै गैससहरूको वास्तविक संख्या थाहा नभई तिनीहरूको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन कठिन हुने बताए । यसका लागि एक व्यवस्थित तथ्यांक संकलन र विश्लेषण आवश्यक  रहेको उनको भनाई थियो ।
नागरिक सवालहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सरकार, गैसस र नागरिक समाजबीच घनिष्ठ समन्वय र सहकार्य अपरिहार्य रहेकोमा लामाको जोड थियो ।
कार्यक्रममा मूख्यमन्त्री लामालाई ११ बुँदे नागरिक पत्र बुझाइएको थियो ।
गैसस महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीसहित केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति, प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललित घलान, विभिन्न जिल्लाका गैरसरकारी संस्थाका प्रतिनिधि, नीजि क्षेत्र, नागरिक संघसंस्था र पत्रकारहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार