५ असोज, हेटौंडा। हेटौंडा २ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको शनिबार ८ औँ वार्षिक साधारण सभा भएको छ।साधारणसभामा प्रष्टखबरका बरिष्ठ संवाददाता सहित बचतकर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ।
हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।साधारणसभामा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पूर्ण भद्र चौलागाईले आर्थिक प्रतिवेदन, लेखा संयोजक चन्द्रवती पनेरुले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव गोपीराम बञ्जाराले प्रगति प्रतिवेदन र ऋण उप समिति संयोजक दिक्पाल तिमल्सिनाले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीले आर्थिक २०८०/८१ मा ९ करोड ८० लाख ६६ हजार ७५२ रुपैयाँको कुल कारोबार गरेको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुरुप शेयरपुजीँ एक करोड ६० लाख ५४ हजार ६ सय, जगेडा कोष ९८ लाख ६ हजार ४८६ रुपैयाँ रहेको छ । सहकारीले सदस्यलाई पाँच करोड ३२ लाख १८ हजार ५८२ रुपैयाँ कर्जा लगानी गरिएको संस्थाका व्यवस्थापक विश्वराज अर्यालले बताए।सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले जेष्ठ सदस्यतर्फ गौरीप्रसाद उपाध्याय र लक्ष्मीदेवी शाक्य, असल ऋणीतर्फ सत्यमान श्रेष्ठ र श्रृजना श्रेष्ठलाई सम्मान गरेको छ भने नियमित बचततर्फ रमेशमोहन अधिकारी र एककुमारी भुजेललाई सम्मान गरिएको थियो । सभामा एसईईमा उत्कृष्ट अंक ल्याउने एलिजा बन्जारा, प्रतिष्ठा कार्की र सुदीन दाहाललाई पुरस्कृत गरिएको थियो।सहकारीले कर्मचारीतर्फ वरिष्ठ सहायक राममाया गुरुङ र बजारप्रतिनिधि सावित्री कुमारी नेपाल, पत्रकारतर्फ प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनील शिवाकोटीलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य हिमाल पौडेल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, युसेस साकोसका उपाध्यक्ष ह्याग्रीव आचार्य, टिपिकल साकोसका अध्यक्ष अजय अग्रवाल, राष्ट्रिय सहकारी बैंकका समीर श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रावति पनेरु, ओम आरोग्य सहकारीका विके महर्जन, अधिवक्ता अज्मीर केसी लगायतको आतिथ्यता रहेको थियो ।संस्थामा १ हजार २ सय सेयर सदस्य आवद्व रहेको कोषाध्यक्ष पूर्ण भद्र चौलागाईले जानकारी दिएका छन्।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















