७ असोज, हेटौंडा । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार राति भएको खेलमा क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ ।
क्यानडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो । शुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए ।
यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए। उनी अर्धशतक बनाउन मात्र एक रनले चुकेका हुन्।
त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए। करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे। यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए।
बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए। त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको क्यानडाका लागि दुई ब्याट्सम्यानले शानदार अर्धशतक बनाए। नवनीत धालिवालले ११३ बलको सामना गर्दै ८७ रन बनाउँदा र परगट सिंहले ८३ बलको सामना गर्दै ६४ रन जोडे। क्यानडाले नेपालले दिएको लक्ष्य पाँच विकेटको क्षतिमा ४२ ओभरमै पूरा गरेको हो।
नेपालका सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सन झा, ललित राजवंशी र करण केसीले समान एक/एक विकेट लिए। क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा क्यानडासँगै १०३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो ।
२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल...
२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...
२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...
२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
१२ माघ हेटाैडा ।हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत सप्ताह ज्ञान...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
११ माघ, कुश्मा। शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।शुक्रबार साँझ ७ बजेर ८ मिनेटको समयमा...