Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मक्रान्चुलीमा रहेको श्रमिक साना किसान सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1727076737014-1727099114.jpg

तस्विर :भिमसेन पौडेल

७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी  संस्थाकाे १२ औँ वार्षिक  साधारणसभा साेमवार सम्पन्न भएकाे छ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष  मान कुमारी पाख्रिनकाे प्रमुख आतिथ्यता एवम सहकारी  संस्थाकी अध्यक्ष  निर्मला लम्सालकाे सभाध्यक्षतामा साधारणसभा  भएकाे थियाे । संस्थाले वार्षिकोत्सबकाे अवसर पारेर सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष  निर्मला लम्सालले संस्थागत प्रतिवेदन र लेखा संयाेजक राधिका सापकोटाले  लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए । 

साधारणसभामा असली ऋणि सानुमाया स्याङतान, मन्जु दाहाल, टपकुमारी हुमागाई, कान्छीमाया स्याङतान, निरुमाया लाे, बाल बचतकर्ता सलिना देवकाेटा, किशाेरी बचतकर्ता गंगा सापकाेटालाई पुरस्कृत गरिएको  थियाे ।त्यसैगरी  ज्येष्ठ  शेयर सदस्य विष्णुमाया हुमागाई, ठूलीमाया दाेङ, ठूलीमाया घलान, कुमारी लाे, लक्ष्मी भाेमजन र विष्णुायाा स्याङतानलाई समेत सम्मानित  गरिएको  थियाे ।

साधारणसभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष  भागवत  घिमिरे ४  का  वडा अध्यक्ष  अर्जुनप्रसाद  तिमल्सिना , ३ का वडा सदस्य विदुर हुमागाई, नेपाल कृषि  सहकारी  संघका लेखा संयाेजक महेश्वर  सुवेदी, राष्ट्रिय  सहकारी महासंघका सञ्चालक सदस्य बद्रि प्रसाद लम्साल,पशु विकास कार्यालय, मकवानपुरका  अधिकृत डाक्टर  मदन भण्डारी , मकवानपुरगढी गाउँपालिका सहकारी  शाखा प्रमुख सूर्य बहादुर गुरुङ , पशु शाखा प्रमुख सत्यनारायण  शाह,  जागरण  सहकारीका अध्यक्ष  शत्रुघन दुलाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष  कृष्ण  विडारी, हिमाल महिला बहुउद्देश्यीय  सहकारीकि अध्यक्ष  जानुका दाहाल, नेपाल रेडक्रस  मकवानपुरगढीका अध्यक्ष  कृष्णप्रसाद  पाेखरेल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्याैपाने लगायतकाे सहभागिता थियाे । २ सय ९७ वटा समूह १ हजार ५८४ जना शेयर सदस्य संस्थामा आवद्व छन्। १ कराेड ५६ लाख शेयर पूंजी, ९ कराेड ५५ लाख निक्षेप  र  ऋण  लगानी ९ कराेड १६ लाख रहेकाे ब्यवस्थापक गिता लम्सालले जनाएकी छिन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार