Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आज राष्ट्रिय सभा निर्वाचनः ३२ सिटका लागी ५२ जना भिड्दै 

६ वटा प्रदेशमा मात्रै निर्वाचन

election-commission-nepal-1517968481.jpg

२४ माघ, हेटौँडा । राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आज हुँदै छ । निर्वाचन आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । आज हुने निर्वाचन विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ । 
मतदानका लागि सबै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि गर्नुपर्ने सबै तयारी पूरा गरेको जानकारी आयोगलाई प्राप्त भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । 
राष्ट्रिय सभाको निर्वाचनमा विगतका निर्वाचनमा जस्तो स्वस्तिक चिन्ह प्रयोग गर्नु नपर्ने व्यवस्था पनि मिलाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदानका लागि प्रदेशसभाका सदस्यले हरियो रङको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङको मतपत्रमा मत संकेत गर्नु पर्ने जानकारी दिए । 
कूल ५६ जना सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भईसकेकाले आज हुने निर्वाचनले ३२ जना सदस्य निर्वाचित गर्ने छ जस्का लागि ५२ जना उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ ।
प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठजना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । 

प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वा्चित भइसकेकाले अन्य ६ प्रदेशमा मात्रै निर्वाचन हुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आज निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी आयोगले गरेको जानकारी दिइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार