Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कुलेखानी भरिने क्रममा, तटिय क्षेत्रमा सतर्क रहन सर्कुलेशन

Screenshot_20240927_17442-1727438507.jpg

File photo

११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार र शुक्रबार देखि जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण कुलेखानी ड्याम १ घण्टामा ३० सेन्टिमिटरका दरले पानी भरिएको हो। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले प्रष्ट खबरलाई जनाएका अनुसार यहि रफ्तारमा ड्याममा पानी थपिए ९ देखि १० घण्टामा पानी भरिने बताएका छन्। कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर  मात्रै पानी भण्डारन गर्न सकिन्छ ।
नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै जलाधार क्षेत्रमा बढी वर्षा भएकाले जलाशयमा पानीको सतह बढ्दा  ड्याममा पानी छछल्किने, चखेल, सिममा ड्यामको मुख्य ढोका खोल्न पर्ने हुनसक्ने भएकोले जलाशय तटिय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।  जलाशयमा शुक्रबार ५ बजेर ३० मिनेटका समयमा  पानीको सतह १ हजार ५२६.९१ मिटरमा पुगेको भट्टले बताएका छन् ।

" ड्याम क्षमता अनुसार भरिन अझै ३ मिटर बाकी छ, अहिले आत्तिनु पर्ने होइन तर पानी पर्ने क्रम नरोकिए संभावित घटनालाई मध्यनजर गरेर तटीय क्षेत्रमा हामीले सतर्क रहन भनेका हौ। "-भट्टले भने। 

आयोजनाबाट १०६ मेगावाट क्षमताका ३ वटा आयोजना सञ्चालनमा छन् । आयोजनाले तल्लो क्षेत्रमा सावधानी अपनाउन भनेको छ ।

यस्तो छ आयोजनाको परिपत्र 

IMG-20240927-WA0000-1727438508.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार