१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिल्वालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री सिल्वालले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका महत्त्वपूर्ण रहेको बताए । उपभोक्तामार्फत वन संरक्षणको यो अवधारणा विश्वमै उदाहरणीय रहेको बताए ।
कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा प्रतिवेदन र कोषाध्यक्ष कमला दाहालद्वारा आव ०८१/०८२ को १ करोड ७८ लाख रूपैयाँको प्रस्तावित कार्यक्रम र अनुमानित आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन डढेलो नियन्त्रणमा सहयोग गर्ने कमल पुडासैनी, मनिष न्यौपाने, नवराज सञ्जेल, रविराज पुडासैनी, बोधनाथ तिमल्सिना, गोपिनाथ भण्डारी, मधु राई, सेते घलान, शिव शर्मा ढुंगाना, आशिष थिङ, दुर्गाप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, ज्येष्ठ नागरिक सम्मानतर्फ हर्कबहादुर दोङ, पूर्णबहादुर स्याङ्तान, विष्णुप्रसाद पुडासैनी, जगन्नाथ देवकोटा, महकुमारी तिमल्सिना, गोविन्दप्रसाद प्रजापतिलाई सम्मान गरिएको थियो भने सालक फेला पारी हस्तान्तरण गर्ने विजय राई, प्रल्हाद चौलागाईं, आइतिमाया डिम्डुङ, सन्तोष श्रेष्ठ, हर्कबहादुर गोले र रतुवा मृग फेला पारी हस्तान्तरण गर्ने कुमलटार युथ क्लबलाई सम्मान गरिएको थियो ।
२०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने चण्डिका माविका सुशील थिङ, सन्जिता नेपाल, कक्षा ८ मा विज्ञान तथा वातावरण विषयमा उत्कृष्ट अंक ल्याउने बन्दना गौतम, सुआर्य नेपाल, विधान पाख्रिन, सरस्वती अर्याल, निरजरा रूम्बा, दिलिप ढकाललाई सम्मान गरेका थिए भने चण्डिका मावि, सरस्वती आधारभूत बिद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतम, वन समूहका पुर्व अध्यक्ष उदय विडारी, वन समूहको तर्फबाट रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुबहादुर न्यौपाने, डव्ल्युआरआरएनकी आरती पाठक, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य घनप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, वनस्पति व्यवस्थापन केन्द्रका प्रमुख रघुराम पराजुली, वन समूहका उपाध्यक्ष उमेश अधिकारी, कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







