Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न

Screenshot_20241003_15575-1727950395.jpg

१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिल्वालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा बोल्दै मन्त्री सिल्वालले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका महत्त्वपूर्ण रहेको बताए । उपभोक्तामार्फत वन संरक्षणको यो अवधारणा विश्वमै उदाहरणीय रहेको बताए ।
कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा प्रतिवेदन र कोषाध्यक्ष कमला दाहालद्वारा आव ०८१/०८२ को १ करोड ७८ लाख रूपैयाँको प्रस्तावित कार्यक्रम र अनुमानित आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन डढेलो नियन्त्रणमा सहयोग गर्ने कमल पुडासैनी, मनिष न्यौपाने, नवराज सञ्जेल, रविराज पुडासैनी, बोधनाथ तिमल्सिना, गोपिनाथ भण्डारी, मधु राई, सेते घलान, शिव शर्मा ढुंगाना, आशिष थिङ, दुर्गाप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, ज्येष्ठ नागरिक सम्मानतर्फ हर्कबहादुर दोङ, पूर्णबहादुर स्याङ्तान, विष्णुप्रसाद पुडासैनी, जगन्नाथ देवकोटा, महकुमारी तिमल्सिना, गोविन्दप्रसाद प्रजापतिलाई सम्मान गरिएको थियो भने सालक फेला पारी हस्तान्तरण गर्ने विजय राई, प्रल्हाद चौलागाईं, आइतिमाया डिम्डुङ, सन्तोष श्रेष्ठ, हर्कबहादुर गोले र  रतुवा मृग फेला पारी हस्तान्तरण गर्ने कुमलटार युथ क्लबलाई सम्मान गरिएको थियो ।
२०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने चण्डिका माविका सुशील थिङ, सन्जिता नेपाल, कक्षा ८ मा विज्ञान तथा वातावरण विषयमा उत्कृष्ट अंक ल्याउने बन्दना गौतम, सुआर्य नेपाल, विधान पाख्रिन, सरस्वती अर्याल, निरजरा रूम्बा, दिलिप ढकाललाई सम्मान गरेका थिए भने चण्डिका मावि, सरस्वती आधारभूत बिद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतम, वन समूहका पुर्व अध्यक्ष उदय विडारी, वन समूहको तर्फबाट रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुबहादुर न्यौपाने, डव्ल्युआरआरएनकी आरती पाठक, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य घनप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, वनस्पति व्यवस्थापन केन्द्रका प्रमुख रघुराम पराजुली, वन समूहका उपाध्यक्ष उमेश अधिकारी, कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार