Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राहत र पुर्नस्थापनाका लागि गाउँपालिका महासंघ बागमती प्रदेशको आग्रह

Screenshot_20241004_16343-1728038988.jpg

१८ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले असोज ११ र १२ गते परेको अविरल बर्षापछिको बाढिपहिरोबाट भएको क्षतिमा तत्काल उद्धार, उपचार, राहत र पुर्नस्थापनाको काम अघि बढाउन आग्रह गरेको छ । महासंघका प्रदेश अध्यक्ष कर्णबहादुर मगरद्वारा शुक्रबार जारी अपिलमा विपदबाट बागमती प्रदेश बढि प्रभावित भएकोले तीनै तहको सरकारसंग विपदले गरेको क्षतिपछिको उद्धार, उपचार, राहत तथा पुर्नस्थापनाको कार्य प्रभावकारी बनाउन अनुरोध गरेको हो । 
महासंघले स्थानीय सरकारको क्षेत्रभित्र पर्ने राजमार्ग एवं अन्य सडक क्षेत्रमा अलपत्र परेका यात्रुहरुको उद्धार एवं खाना र बासका लागि सहजिकरण गर्नुका साथै आफ्नो स्रोतसाधनबाट गर्न सकिने सडक मर्मतको काममा तदारुकता देखाई आवतजावतको वातावरण तयार गर्न स्थानीय सरकारहरुलाई आग्रह गरेको छ । स्थानीय सरकारको क्षेत्रभित्र विपदबाट भएको जनधन एवं भौतिक संरचनाको क्षतिबारे यथाशिघ्र तथ्यांक संकलन गरी महासंघ एवं तथ्यांक माग गरेका निकायहरुलाई चाँडोभन्दा चाँडो उपलव्ध गराउन महासंघले आग्रह गरेको छ । 
विपदबाट प्रभावित स्थानीय सरकारहरुलाई यथाशिघ्र राहत प्याकेजको घोषणा गरी तत्काल निकासा गर्न र सिधैं स्थानीय सरकारमार्फत एकद्वार प्रणालीबाट वितरण हुने व्यवस्था मिलाउन प्रदेश एवं संघीय सरकारसंग महासंघ प्रदेश समितिले आग्रह गरेको छ । बर्षा अझै जारी रहेकोले घरविहिन हुन पुगेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन एवं खाद्य सामग्रीको अभाव झेलिरहेका नागरिकलाई यथाशिघ्र खाद्यान्नको व्यवस्था गर्नुपर्नेमा महासंघको जोड छ । महासंघले विपदमा परी घाइते भएकाहरुको निःशुल्क उपचारका लागि प्रदेश एवं संघीय सरकारसंग आग्रह गरेको छ ।
विद्युत एवं संचार सुविधा अवरुद्ध भएका क्षेत्रमा यथाशिघ्र विद्युत सुचारु गर्न एवं संचार सुविधा स्थापित गर्न सम्बन्धित पक्षसंग महासंघले आग्रह गरेको छ । चाडवाडको समयमा धेरै सर्वसाधारण गन्तव्यमा जानुपर्ने भएकाले अवरुद्ध राष्ट्रिय राजमार्ग, रणनीतिक सडक, सदरमुकाम जोड्ने सडक सुचारु गर्न यथाशिघ्र बजेट विनियोजन गरी तत्काल काम अघि बढाउने वातावरण तयार गर्न र विपदको समयमा हुन सक्ने मूल्यबृद्धिप्रति सचेत रही अनुगमनका लागि महासंघले आग्रह गरेको छ ।
महासंघका अध्यक्ष मगरद्वारा जारी अपिलमा विपदको कठिन घडिमा तीनै तहका सरकार, राजनैतिक दल, नागरिक समाज, सबै बर्ग र क्षेत्रका महानुभावलाई धैर्यतापुर्वक परिस्थितिको सामना गर्दै उद्धार, उपचार, राहत र पुर्नस्थापनाको काममा जुट्न आग्रह गर्दै विपदमा दिवंगतप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Release-about-disaster_-G-1728039723.jpg
Release-about-disaster_-G-1728039723.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार