१९ असोज, हेटौंडा । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीको खराब प्रदर्शनको श्रृंखला जारी राखेको छ।
आइसीसी लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन बन्न पुग्यो। त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल राम्रो प्रदर्शन गर्न सकेन।
अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसीय सिरिज खेलिरहेको छ। क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्यो।
उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन। हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १४३ रनमा समेटिन पुग्यो।
अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो। हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए।
जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे। नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए।
हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए । नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो ।
२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल...
२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...
२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...
२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
१२ माघ हेटाैडा ।हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत सप्ताह ज्ञान...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
११ माघ, कुश्मा। शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।शुक्रबार साँझ ७ बजेर ८ मिनेटको समयमा...