Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

यसरी बन्दैछ सिमखोला र महालक्ष्मीमा डाइभर्सन(फोटो फिचर)

आइतबार दिउँसोबाट गाडी चल्ने

Screenshot_20241006_07464-1728180175.jpg

सिमखोलामा बनाइएको डाइभर्सन

सुनिल शिवाकोटी

स्थलगत रिपोर्टिंग 

२० असोज, सिमखोला ।  असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने र चखेल, मातातीर्थ हुदै काठमाडौं जोड्ने सडक आइतबार (आज) दिउँसोबाट सञ्चालनमा ल्याइने भएको छ। 

भिमफेदी कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर वडा नम्बर २ कुलेखानी ड्याममुनी रहेको सिमखोला माथिको पुल र सडक भत्काएपछि डाइभर्सन निर्माण गरी सोही वडाको वडा नम्बर २ सुकौरा स्थित महालक्ष्मी खोलाले भत्काएको बाटो  मर्मत गरिएपछि एक साताबाट अवरुद्ध सडकमा आइतबारबाट सवारीसाधन गुड्ने भएका हुन्।

अवरुद्ध सडकलाई संचालनमा ल्याउन र कामलाई अन्तिम रुप दिन शनिबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल,  यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेल, मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुरका एसपी ज्ञान प्रसाद भुर्तेल, इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख प्रहरी निरीक्षक लजिता ढकाल सहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो। फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आज आइतबारबाट सडक सञ्चालन आउने यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले बताएका छन् । सो सडक खण्ड संचालनमा ल्याउन सिमखोला होटल नजिकबाट हेभी नजिकै फुटबल चौर निस्कने गरी ४ वटा हुउमपाइप हाली डाइभर्सन निर्माण र महालक्ष्मी खोलामा सडक निर्माण गरिएको छ। उक्त सडकखण्ड संचालन बारे स्थलगत अनुगमनमा पुगेको भौतिक पूर्वाधार विकास मन्त्री मास्केले अन्य कुनै समस्या नआए आइतबार दिउँसोबाट सडकमा गाडी गुडाउन मिल्ने बताएका छन्।उनले सो सडक खण्ड संचालनमा आएपनी कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने अझ केही दिन कुर्नुपर्ने बताएका छन।

यता इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी जलविद्युत आयोजनाले भौगोलिक अवस्था नसोची जलाशयको ढोका खोल्दा गाउँपालिकाले यो प्रकोपको सामना गर्न परेको आरोप लगाएका थिए ।उनले भत्किएका सडक निर्माणका  लागि बागमती प्रदेश सरकार, मकवानपुरका प्रहरी प्रशासनले देखाएको सक्रियताको खुलेर प्रशंसा गरेका छन्।

स्थलगत अनुगमनमा पुगेका मकवानपुरका प्रजिअ चिलुवालले काम गर्ने प्राविधिक टोली, प्रहरी स्थानीयको सहयोगले जीर्ण र क्षतीग्रस्त सडक एक हप्तामै संचालनमा ल्याउन सफल भएको बताएका छन्। प्रजिअ चिलुवालले अवरुद्ध कान्तिलोकपथ सडकखण्डको मकवानपुरको भिमफेदि-८ मा बगुवा(बागमती) खोला नजिकैबाट  डाइभर्सन निर्माण गरी सोमबारसम्ममा सडक संचालनमा ल्याइने बताएका छन् ।

असोज ११ र १२ गतेको अविरल वर्षाले इन्द्रसरोवर २ स्थिति सिमखोल, बादँरे, सुकौरामा सडकखण्ड बगाएको थियो । अहिले मकवानपुर अन्तर्गत धरान चतरा सडकखण्ड, त्रिभुवन राजपथ अन्तर्गत चित्लाङ थानकोट सडकखण्ड र पूर्व पश्चिम राजमार्ग मात्र संचालनमा रहेका छन्। फाखेल-हुमाने, चखेल मातातीर्थ र कान्तिलोकपथ संचालनमा आएपछि सवारी आवागमनमा सहजता हुने र देखिदै आएको लामो सवारी जाप हट्नेछ।

Screenshot_20241006_07460-1728180175.jpg

महालक्ष्मी खोलामा भत्केर बनाइएको सडक

Screenshot_20241006_07483-1728180292.jpg
Screenshot_20241006_07485-1728180292.jpg

फाखेल तर्फ खसेको पहिरो हटाइदै

Screenshot_20241006_07501-1728180869.jpg

सिस्नेरि तर्फ बाँदरेमा भत्केको सडक

Screenshot_20241006_07480-1728180914.jpg

अनुगमनमा पुगेको मन्त्री, प्रजिअ सहितको टोली

Screenshot_20241006_08051-1728181262.jpg

बाढीले भत्काएको सिमखोला पुल र सडक


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  जील्लाको...

हेटौंडाको बजेट २ अर्ब ९० करोड ३ लाख १० हजार
Screenshot_20250624_19260-1750772923.jpg

१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान
Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
Screenshot_20250624_14084-1750754237.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...

कैलाशको नीति तथा कार्यक्रम: कैलाश बन्दैछ,बा आमालाई सन्चै छ देखी जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रमसम्म
Screenshot_20250624_13422-1750752142.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
samsad1673182378-1750728741.jpg

१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...

भिजिट भिसा दुरुपयोगबारे छानबिन समिति गठन
prime-minister-1750728585.jpg

१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...

मौसम साधारणतया बदली रहने
Screenshot_20250526_06180-1750728066.jpg

१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

थप समाचार