सिमखोलामा बनाइएको डाइभर्सन
सुनिल शिवाकोटी
स्थलगत रिपोर्टिंग
२० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने र चखेल, मातातीर्थ हुदै काठमाडौं जोड्ने सडक आइतबार (आज) दिउँसोबाट सञ्चालनमा ल्याइने भएको छ।
भिमफेदी कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर वडा नम्बर २ कुलेखानी ड्याममुनी रहेको सिमखोला माथिको पुल र सडक भत्काएपछि डाइभर्सन निर्माण गरी सोही वडाको वडा नम्बर २ सुकौरा स्थित महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत गरिएपछि एक साताबाट अवरुद्ध सडकमा आइतबारबाट सवारीसाधन गुड्ने भएका हुन्।
अवरुद्ध सडकलाई संचालनमा ल्याउन र कामलाई अन्तिम रुप दिन शनिबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेल, मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुरका एसपी ज्ञान प्रसाद भुर्तेल, इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख प्रहरी निरीक्षक लजिता ढकाल सहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो। फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आज आइतबारबाट सडक सञ्चालन आउने यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले बताएका छन् । सो सडक खण्ड संचालनमा ल्याउन सिमखोला होटल नजिकबाट हेभी नजिकै फुटबल चौर निस्कने गरी ४ वटा हुउमपाइप हाली डाइभर्सन निर्माण र महालक्ष्मी खोलामा सडक निर्माण गरिएको छ। उक्त सडकखण्ड संचालन बारे स्थलगत अनुगमनमा पुगेको भौतिक पूर्वाधार विकास मन्त्री मास्केले अन्य कुनै समस्या नआए आइतबार दिउँसोबाट सडकमा गाडी गुडाउन मिल्ने बताएका छन्।उनले सो सडक खण्ड संचालनमा आएपनी कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने अझ केही दिन कुर्नुपर्ने बताएका छन।
यता इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी जलविद्युत आयोजनाले भौगोलिक अवस्था नसोची जलाशयको ढोका खोल्दा गाउँपालिकाले यो प्रकोपको सामना गर्न परेको आरोप लगाएका थिए ।उनले भत्किएका सडक निर्माणका लागि बागमती प्रदेश सरकार, मकवानपुरका प्रहरी प्रशासनले देखाएको सक्रियताको खुलेर प्रशंसा गरेका छन्।
स्थलगत अनुगमनमा पुगेका मकवानपुरका प्रजिअ चिलुवालले काम गर्ने प्राविधिक टोली, प्रहरी स्थानीयको सहयोगले जीर्ण र क्षतीग्रस्त सडक एक हप्तामै संचालनमा ल्याउन सफल भएको बताएका छन्। प्रजिअ चिलुवालले अवरुद्ध कान्तिलोकपथ सडकखण्डको मकवानपुरको भिमफेदि-८ मा बगुवा(बागमती) खोला नजिकैबाट डाइभर्सन निर्माण गरी सोमबारसम्ममा सडक संचालनमा ल्याइने बताएका छन् ।
असोज ११ र १२ गतेको अविरल वर्षाले इन्द्रसरोवर २ स्थिति सिमखोल, बादँरे, सुकौरामा सडकखण्ड बगाएको थियो । अहिले मकवानपुर अन्तर्गत धरान चतरा सडकखण्ड, त्रिभुवन राजपथ अन्तर्गत चित्लाङ थानकोट सडकखण्ड र पूर्व पश्चिम राजमार्ग मात्र संचालनमा रहेका छन्। फाखेल-हुमाने, चखेल मातातीर्थ र कान्तिलोकपथ संचालनमा आएपछि सवारी आवागमनमा सहजता हुने र देखिदै आएको लामो सवारी जाप हट्नेछ।
महालक्ष्मी खोलामा भत्केर बनाइएको सडक
फाखेल तर्फ खसेको पहिरो हटाइदै
सिस्नेरि तर्फ बाँदरेमा भत्केको सडक
अनुगमनमा पुगेको मन्त्री, प्रजिअ सहितको टोली
बाढीले भत्काएको सिमखोला पुल र सडक
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











