Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

नेपालद्वारा दोस्रो अभ्यास खेलमा जित हासिल

20241006_115034-1728194771.jpg

फाइल तस्विर

२० असोज, हेटौंडा । नेपालले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ। क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको हो। योसँगै तीन खेलको ऋंखलामा नेपालले १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।
१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो। ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए। त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा विकेटकिपर निकोलस मनोहरले १९ रन बनाएका थिए।
नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिंदा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १ सय ७६ रन बनाएको थियो। नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए। उनी बाहेक अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए।
एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए। तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको मकवानपुरका पत्रकारसंग छलफल
Screenshot_20250206_20200-1738852611.jpg

२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...

हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना, ४ जना घाइते
Screenshot_20250206_18103-1738844984.jpg

२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...

चितवनमा पनि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न आदेश
Screenshot_20241018_17263-1738841974.jpg

२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1738825079.png

२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो ।  बिहीबार सुन प्रतितोला...

आजबाट हेटौंडा उपमहानगरपालिकाले नगरभित्रको फोहोर नउठाउने
IMG_20240504_094323-1738812993.jpg

२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...

हेटौंडा र मनहरीका विभिन्न स्थानमा ५ घण्टा विद्युत नहुने
FB_IMG_1737764565931_edit-1738812531.jpg

२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न   स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ।  नेपाल...

कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन ओलीको निर्देशन
Screenshot_20250206_07373-1738806764.jpg

२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1738806291.jpg

२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...

गोली लागेर एक हात्तीको मृत्यु
Elephant-1738805757.jpg

२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...

थप समाचार