२४ असोज, हेटौंडा । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ५ गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक १० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल टेनिस संघकी सचिव मालिका राणा र गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव श्रेष्ठलगायत उपस्थित थिए ।
गणेशमान सिंह फाउण्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भास्करमान सिंहले प्रतियोगिता आयोजनामा काम गर्ने टेनिस संघलगायत विभिन्न प्रतिनिधिलाई जिम्मेवारी प्रदान गरेका थिए । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । सिनियरतर्फ पुरुष र महिला दुवैको सिंगल्स तथा डबल्स हुनेछन् ।
महिला र पुरूष सिंगल्स विजेता दुवैले एक लाख, उपविजेता ५० लाख र तेस्रो हुने खेलाडीले २५ हजार रूपैयाँ तथा दुवैको डबल्समा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछ ।
पुरूष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरूष ४५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ५५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ६५ वर्षमाथि सिगंल्स र डबल्समा प्रतिस्पर्धा हुनेछन् । ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रूपैयाँ पाउनेछन् ।
३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय पाउनेछन् । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार २५० रूपैया तथा यसै विधामा डबल्स विजेताले २५ हजार, १२ हजार ५०० र तेस्रो हुनेले १२ हजार ५०० रूपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल...
२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...
२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...
२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
१२ माघ हेटाैडा ।हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत सप्ताह ज्ञान...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
११ माघ, कुश्मा। शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।शुक्रबार साँझ ७ बजेर ८ मिनेटको समयमा...