Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालको जीत

20241030_071112-1730251597.jpg

१४ कार्तिक, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेल नेपालले जितेको छ। लगातार ७ खेलमा जितविहीन रहेको नेपालले स्कटल्यान्डलाई हराएर महत्वपूर्ण २ अङ्क हासिल गर्यो।
यो सँगै नेपालले १० खेलबाट ४ अङ्क बनाएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको नेपाल सामू स्कटल्यान्डले जितका लागि १ सय ५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा नेपालले उक्त लक्ष्य २९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै पाँच विकेटको जित निकाल्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले।
त्यस्तै गुल्सन झाले २५ रनमा अविजित साथ दिए भने अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए । कुशल भुर्तेलले २५ रन बनाएका थिए। स्कटल्यान्डका लागि ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १-१ विकेट लिंदा ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो।
उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९-१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिंदा करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २-२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार