Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

कला/संस्कृति

आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति

1667289588-0UcCe-1730425582.jpg

१६ कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।
यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनले बताए । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।
कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ ।
यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

मकवानपुरको मार्खुमा पछिल्लो ६ घण्टामा भारी वर्षा
Screenshot_20250520_08301-1747709129.jpg

६ जेठ, हेटौंडा।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले...

मेघगर्जनसहित वर्षाको सम्भावना
16655388081665538808-1747701016.jpg

६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र...

प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने
Banking-Samachar-Pm-Oli-7-1747700669.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा...

भ्रष्ट सिस्टमलाई साथ दिन्नँ: बालेन
balen-shah_LEYWC6aCBR_202-1747700168.jpg

६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

मन्त्रीद्वारा नेपाली हजयात्रीहरूलाई बिदाई
haj_yatri_-1536x1152_edit-1747699896.jpg

६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन...

कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरीको अन्तरक्रिया
FB_IMG_1747661017528-1747668110.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश  गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको...

मनहरीका सापकोटा मृत भेटिए
For-representation-only-1747662781.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...

थप समाचार