Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सभामुख श्रेष्ठद्वारा सपथग्रहण

Sapath-Grahan-Shrestha-1518266165.jpg

रुपेश दुलाल
२७ माघ, हेटौँडा ।
३ नम्बर प्रदेशका नवनियुक्त सभामुख सानुकुमार श्रेष्ठले शनिबार अपरान्ह सपथग्रहण गरेका छन् । ३ नम्बर प्रदेशका प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेश कार्यालयमा भएको विशेष कार्यक्रममा सभामुख श्रेष्ठलाई सपथग्रहण गराएकी हुन् । 
सपथग्रहण कार्यक्रममा अहिले सभाध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य एवं एमाले संसदीय दलका नेता डोरमणी पौडेल, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रदेश सचिवालयका कर्मचारी, प्रदेश कार्यालय कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सपथग्रहणपछि प्रतिक्रिया दिंदै सभामुख श्रेष्ठले आफुलाई सर्वसम्म सभामुख चयन गर्न सहयोग गर्ने सबै दललाई धन्यवाद दिंदै प्रदेशको समृद्धिका लागि सबै दललाई मिलाएर अघि बढ्न समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।
यसअघि दिउसो ३ बजे बसेको प्रदेशसभा बैठकले श्रेष्ठलाई सर्वसम्मत सभामुख चयन गरेको थियो । सभामुखका लागि प्रस्ताव दर्ता गर्ने समय अवधिसम्म श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि श्रेष्ठ सर्वसम्मत भएका हुन् । उनको प्रस्तावकमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमालेका प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका थिए । ५८ बर्षिय श्रेष्ठ काठमाण्डौं क्षेत्र नम्बर १ (क) का निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
आइतबार दिउँसो २ बजे उपसभामुखको चयन हुने कार्यतालिका प्रदेशसभा सचिवालयको छ । उपसभामुखमा बामगठबन्धनको समर्थनमा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य राधिका तामाङले उम्मेदवारी दिने जनाईएको छ । कांग्रेसले आफ्नो दलबाट वा तामाङ बाहेक अर्को उम्मेदवारलाई मतदान गर्न सक्ने कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संचारकर्मीहरुसंगको कुराकानीमा संकेत गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार