Photo : DPO
२७ माघ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विष्फोटक पदार्थ र हतियारसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा मनहरी गाउँपालिकाका वडा नम्बर ५ डिल्लीपुरका ३२ बर्षिय रामबहादुर मोक्तान र उनकी ३० बर्षिया श्रीमती दिलमाया रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको बयानका आधारमा ससुरालीमा लुकाई राखेको ससुरालीबाट विष्फोटक पदार्थ र हतियार बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।
प्रहरीले कटुवा पेस्तोल, तयारी अवस्थाको कुकर बम, ईन्सासको गोली २ थान, ८ एमएमको गोली २ थान, कुकर बम पड्काउने रिमोट, सुतली बम २ थान, बारुद आधा किलो, ६ थान डेटोनेटर, नेपाली सेनाको जस्तो ड्रेस लगायतका सामग्री बरामद गरेको छ ।
माघ २४ गते मनहरी–९ स्थित सानोभावर जंगलमा हेटौँडा–१९ का शरण गोलेलाई गोली हानेर घाइते बनाएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको साथबाट विष्फोटक पदार्थ बरामद भएको प्रहरी उपरीक्षक खनालले बताए ।
मोक्तान दम्पत्तिलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । ठूलो परिणामा विष्फोट पदार्थ, हतियार र अन्य सामग्री किन भण्डारण गरेको बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक खनालको भनाई छ ।
गोली प्रहरीबाट घाइते हेटौँडा–१९ का शरण गोलेको चितवनमा उपचार भईरहेको छ ।
के के बरामद गर्यो प्रहरीले ?
१. कटुवा पेस्तोल थान–१, २. तयारी अवस्थाको कुकर बम थान–१,
३. ईन्सासको गोली राउण्ड थान–२, ४. ८ एमएम लेखेको गोली राउण्ड थान–२
५. कुकर बम पड्काउने रिमोट थान–१, ६. सुतली बम थान–२,
७. बारुद आधा किलो । ८. डेटकट आधा मिटर ।
९. डेटोनेटर थान –६, १०. पहेंलो गन्धक पदार्थ थान–१,
११. म्याक्सेल लेखेको ब्याट्री थान–२, १२. गाडीको वेरिङ्गको छर्रा थान–११,
१३. रडको टुक्रा थान–५, १४. कैची थान–१,
१५. कालो टेप थान–१, १६. रेती थान–१,
१७. खाक्सी आधा मिटर । १८. नेपाली सेनाका जस्तो हरियो कम्ब्याड ड्रेस थान–१
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















