Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनुद्वारा पत्रकार विडारीलाई सम्मान

Subash-Bidaari-1518280858.jpg

Photo : Bhimsen Paudel

२७ माघ, चौघडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहूद्धेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक केदारप्रसाद गौतमले लेखापरीक्षण प्रतिवेदन, संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थागत प्रतिवेदन, ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिका संयोजक केशवप्रसाद अधिकारीले खुत्रुके बचत समितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलले चालु आव ०७४÷०७५ को लागि करीव १ करोड ५० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा साझाकुरा राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक सुवास विडारी, ज्येष्ठ सदस्य माधवप्रसाद पराजुली र दुर्गादेवी वाग्लेलाई सम्मान गरिएको थियो । यसैगरी बढी व्याज बुझाउने गायत्री राई, बढी सेवा शुल्क बुझाउने गीताकुमारी न्यौपाने, उत्कृष्ठ खुत्रुके बचतकर्तामा सुशान्त सुवेदी र ग्रिस्मा कट्टेल, उत्कृष्ठ विद्यार्थीमा प्रशान्त गौतम र सिम्रन मानन्धरलाई पुरस्कृत गरिएको थियो । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयलाई एक थान दराज उपलव्ध गराएको छ । जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीको अध्यक्षतामा साधारणसभा भएको हो ।
भेलामा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार उदय विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नारीचेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष ज्ञानु अर्याल, दिव्यज्योति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन घिमिरे, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष भरत सापकोटा, संस्था संचालक सदस्य मन्दिरा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । २०५५ सालमा स्थापना भएको यो सहकारी संस्थामा हाल ५ सय १४ जना शेयर सदस्य छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार