Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनुद्वारा पत्रकार विडारीलाई सम्मान

Subash-Bidaari-1518280858.jpg

Photo : Bhimsen Paudel

२७ माघ, चौघडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहूद्धेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक केदारप्रसाद गौतमले लेखापरीक्षण प्रतिवेदन, संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थागत प्रतिवेदन, ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिका संयोजक केशवप्रसाद अधिकारीले खुत्रुके बचत समितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलले चालु आव ०७४÷०७५ को लागि करीव १ करोड ५० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा साझाकुरा राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक सुवास विडारी, ज्येष्ठ सदस्य माधवप्रसाद पराजुली र दुर्गादेवी वाग्लेलाई सम्मान गरिएको थियो । यसैगरी बढी व्याज बुझाउने गायत्री राई, बढी सेवा शुल्क बुझाउने गीताकुमारी न्यौपाने, उत्कृष्ठ खुत्रुके बचतकर्तामा सुशान्त सुवेदी र ग्रिस्मा कट्टेल, उत्कृष्ठ विद्यार्थीमा प्रशान्त गौतम र सिम्रन मानन्धरलाई पुरस्कृत गरिएको थियो । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयलाई एक थान दराज उपलव्ध गराएको छ । जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीको अध्यक्षतामा साधारणसभा भएको हो ।
भेलामा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार उदय विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नारीचेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष ज्ञानु अर्याल, दिव्यज्योति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन घिमिरे, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष भरत सापकोटा, संस्था संचालक सदस्य मन्दिरा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । २०५५ सालमा स्थापना भएको यो सहकारी संस्थामा हाल ५ सय १४ जना शेयर सदस्य छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार