Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सिर्जनशिल समाजको  साधारणसभा  सम्पन्न

FB_IMG_1731152507182-1731158855.jpg

२४ कर्तिक, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा रहेको सिर्जनशिल समाज  बचत तथा ऋण  सहकारी  संस्थाको १८ औ वार्षिक  साधारणसभा  शनिवार  सम्पन्न  भएको छ  ।
बागमती  प्रदेश सभा सदस्य  भारती पाठकको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  कृष्ण  बिडारीको सभाध्यक्षतामा साधारणसभा  भएको हो  ।
साधारणसभामा संस्थाका अध्यक्ष  बिडारीले संस्थागत प्रतिवेदन कोषाध्यक्ष चुडा बहादुर बन्जराले आर्थिक  प्रतिवेदन र लेखा संयोजक अर्जुनप्रसाद  सापकोटाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा अधिक बाल बचतकर्ता अजय ढुङ्गाना, अधिक मासिक बचतकर्ता गोकुल दाहाल,असली कारोवारी तिलककुमारी घलान, ज्येष्ठ  शेयर सदस्य ठमनाथ चौलागाई र २०८० सालको एसईई परीक्षामा  उत्कृष्ट  अंक हासिल गर्ने समीक्षा फुयाललाई पुरस्कृत  गरिएको  थियो । सभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष  भागवत घिमिरे, ४ का वडा अध्यक्ष  अर्जुनप्रसाद  तिमल्सिना , जिल्ला  बचत तथा ऋण  सहकारी  संघ सञ्चालक सदस्य यसोदा पराजुली , राष्ट्रिय  सहकारी  बैक हेटौडा शाखाका विक्रम पौडेल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष  निर्मला देवकोटा, हिमाल महिला बहुउद्देश्यीय  सहकारी  संस्था अध्यक्ष  जानुका दाहाल, कालीदेवी दुग्ध  उत्पादक सहकारी  संस्था अध्यक्ष  विक्रम योन्जन, रानी सामुदायिक  वनका उपाध्यक्ष  केशव धिताल, शहिद रुद्र  पाख्रिन स्वास्थ्य  चौकी प्रमुख लक्ष्मण दाहाल, सल्लाहकार खिल प्रसाद चौलागाई, राजकुमार चौलागाई,उपाध्यक्ष  लक्ष्मण भट्टराई , सचिव सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो ।८ सय ८९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूजी ४७लाख १३ हजार निक्षेप ४ करोड २४ लाख र ऋण  लगानी ४ करोड ६५ लाख रहेको  ब्यवस्थापक विमला न्यौपानेले जनाएकी छिन् । ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार