२४ कर्तिक, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष कृष्ण बिडारीको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष बिडारीले संस्थागत प्रतिवेदन कोषाध्यक्ष चुडा बहादुर बन्जराले आर्थिक प्रतिवेदन र लेखा संयोजक अर्जुनप्रसाद सापकोटाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा अधिक बाल बचतकर्ता अजय ढुङ्गाना, अधिक मासिक बचतकर्ता गोकुल दाहाल,असली कारोवारी तिलककुमारी घलान, ज्येष्ठ शेयर सदस्य ठमनाथ चौलागाई र २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने समीक्षा फुयाललाई पुरस्कृत गरिएको थियो । सभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना , जिल्ला बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य यसोदा पराजुली , राष्ट्रिय सहकारी बैक हेटौडा शाखाका विक्रम पौडेल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला देवकोटा, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष जानुका दाहाल, कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष विक्रम योन्जन, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, शहिद रुद्र पाख्रिन स्वास्थ्य चौकी प्रमुख लक्ष्मण दाहाल, सल्लाहकार खिल प्रसाद चौलागाई, राजकुमार चौलागाई,उपाध्यक्ष लक्ष्मण भट्टराई , सचिव सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो ।८ सय ८९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूजी ४७लाख १३ हजार निक्षेप ४ करोड २४ लाख र ऋण लगानी ४ करोड ६५ लाख रहेको ब्यवस्थापक विमला न्यौपानेले जनाएकी छिन् । ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















