२८ कार्तिक, हेटौंडा । आइसिसी यु-१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको छ। युएइ विरुद्धको निर्णायक खेलमा नेपालले ८ वकेटको जित निकाल्दै विश्वकपमा छनोट भएको हो।
विश्वकपमा छनोट हुन युएइले दिएको ८४ रनको सामान्य लक्ष्य १६.२ ओभरभित्र पूरा गर्नुपर्ने थियो। जुन लक्ष्य पूरा गर्दै नेपालले युएइ समान १० अङ्क बनाउँदै नेट रनरेटमा अघि रहेर विश्वकपमा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा नेपाल युएइसँग पराजित भएको थियो।
तर निर्णायक खेलमा नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै विश्वकपमा स्थान बनाएको हो । नेपालको जितमा ओपनर साना प्रभिनले ३५ रनको अविजित इनिङ खेल्दा सावित्रा धामी १२ रनमा आउट भइन कप्तान पुजा महतोले २१ रन बनाउँदा सोनी पाख्रीन १३ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको स्कोर बनाएको थियो। युएईका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१ रन बनाउँदा रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०-१० रन बनाएका थिए।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिएका थिए ।
१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
१ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...
१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...
१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...
१ माघ, हेटौंडा । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...
१ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...
२० पुस, हेटौंडा। हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना...
१८ पुस, हेटौंडा । हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना...