Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपालले बंगलादेशमा विद्युत निर्यात शुरू

light(1)-1731719091.jpg

१ मंसिर, हेटौंडा । नेपालमा उत्पादित विद्युत् शुक्रबारबाट बंगलादेश निर्यात हुन थालेको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्‍याइएको हो । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात करिब ६ वर्षको गृहकार्यपछि सम्भव भएको हो । दिउँसो साढे १२ बजेबाट साढे ११ घण्टा विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) आम्दानी भएको छ । 
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादित विद्युत् ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिक्री गर्ने छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट बिजुली बंगलादेशतर्फ निर्यातका लागि कात्तिक २९ मा स्वीकृति दिएको थियो । यो स्वीकृति सन् २०२९ अक्टोबर २ सम्मका लागि छ ।
नेपालमा उत्पादित विद्युत् बंगलादेश निर्यात गर्दा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसन पुर्‍याइन्छ । त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेशमा विद्युत् पुग्छ ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुन्छ । भारतसँग भारुमा मात्रै विद्युत् खरिदबिक्री भइरहेको छ । विद्युत् बिक्रीबापत प्राधिकरणले बंगलादेशबाट प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउँछ । ‘शुक्रबार बंगलादेशतर्फ ४० मेगावाट बिजुली साढे ११ घण्टा निर्यात गर्दा प्राधिकरणले ३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ पाउँछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नुपर्छ ।’ घिसिङका अनुसार प्राधिकरणले विद्युत्को मूल्य भारतको मुजफ्फरपुर बिन्दुको हिसाबमा पाउँछ । मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क बंगलादेशले नै बेहोर्नेछ । (इकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार