Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा   लागुऔषध सहित ४ पक्राउ

jilla-plolice-1518454329.jpg

२९ माघ, हेटौँडा । मकवानपुर प्रहरीले  दुई दिनमा छुट्टा छुट्टै स्थानबाट ४ जना व्यक्तिहरुलाई लागुऔषध सहित पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै यो बिषयमा जानकारी गराएको हो ।  लागुऔषध सहित पक्राउ  पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ बाग बजार बस्ने वर्ष ४९ को सनिम दिन,त्यसैगरी  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ५५ वर्षका बिश्वनाथ चौधरी, मकवानपुर गढीगाउँपालिका वडा नम्बर ५ बुंदोलेका ७३ वर्षीय लालमान ब्लोन र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को संदिप क्षेत्री रहेका  छन  ।

 
प्रहरीका अनुसार माघ २८ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेक पोष्टमा विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ ज २०२२ नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा  सुमोमा सवार सनिम दिनलाई डाईजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल, ब्युपोनर्फिन ९९ एम्पुल गरी २९९ एम्पुलका साथै उनले बोकेको कालो ब्याग भित्र ९ पत्तामा २७० ट्याब्लेट र २ पत्ता २३ ट्याब्लेट गरी जम्मा २९३ ट्याब्लेट लागू औषध नाईट्रोभेट र प्लाष्टिकको पोकामा २० ग्राम लागु औषध खैरो हेरोईन सहित  पक्राउ गरिएको हो । 
त्यसैगरी  माघ २९ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेक पोष्टमा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बा५ ख४९४० नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा  बसमा सवार पर्सा घर भएका बिश्वनाथ चौधरीलाई लागुऔषध गाँजा २ किलो ५० ग्राम  सहित पक्राउ गरिएको थियो । 
त्यस्तै माघ २९ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गढीगाउँपालिका वडा नम्बर ५ का  लालमान ब्लोनको घरमा खानतलासी गर्दा  घरको विभिन्न स्थानमा  ४ वटा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको  ४ किलो ६९० ग्राम  गाजा सहित  नियन्त्रणमा लिइएको थियो  । 
त्यस्तै माघ २८ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेक पोष्टमा हेटाँैडाबाट पथलैया तर्फ जादै गरेको ना.५ ख.४५२३ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा जितपुर सिमरा १ का   संदिप क्षेत्रीलाई औषध गाँजा १३० ग्राम सहित नियन्त्रणमा लिईएको थियो  । पक्राउ परेका सबैलाई  लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको  मकवानपुर प्रहरीले जनाएको  छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार