Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

जनकल्याण सहकारीको २८ औ साधारणसभामा सम्पन्न

Screenshot_20241207_19102-1733577939.jpg

२२ मंसिर, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाले २८ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न 

गरेको छ । हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर  दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे ।साधारणसभामा संस्थाका अध्यक्ष  हिमाल पाैडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष  श्यामप्रसाद  भट्टराईले  ऋण उपसिमिकाे प्रतिवेदन, काेषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक  प्रतिवेदन, लेखा संयाेजक दिपनराज आचार्यले लेखा समितिकाे प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिकाे प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा विभिन्न  विधाका उत्कृष्ट  सदस्यहरुलाई सम्मान र पुरस्कृत गरिएको  थियाे । संस्थापक शेयर सदस्य जिवकुमारी दङ्गाल,बद्री बहादुर पाठक, भुपेन्द्र कुमार गाैतम र बासुदेव अधिकारी , सञ्चारकर्मी  भावना रिजाललाई सम्मानित गरिएको  थियाे ।

ज्येष्ठ  सदस्य सितादेवी चाैलागाई र चेतनाथ गाैतम, मासिक बचतकर्ता भवानी  अधिकारी र राम बहादुर राई, असली काराेवारी रिता कडेल र रमेश कुमार  बानियाँ, उधमी गाेपाल दाहाल र जमुनादेवी पराजुली  र सदस्यता वृद्धिमा सहयाेग गर्ने मधु कुमार दङ्गाललाई पुरस्कृत गरिएको  थियाे । यसैगरी  बाल बचतकर्ता अदिति ओझा, आयान्स सापकोटा, उत्कृष्ट  विधार्थी पूर्वजा न्याैपाने, समर्पण न्याैपाने, विशेषता तिमल्सिना , प्रमिस थापा र प्रिति अधिकारी , आयुषा गाैतम,शारिका शाह,प्रनिस श्रेष्ठ  र शशांक  वाग्लेलाई सम्मानित  गरिएकाे थियाे ।  कार्यक्रममा  डाक्टर अस्मिता ओली पाठक,  रैशा मैनाली  र प्रमिशा पाैडेललाई समेत सम्मानित  गरिएको  थियाे ।

साधारणसभामा हेटाैडा ६ का वडा सदस्य  विजय पाैडेल,संंस्थापक अध्यक्ष  बासुदेव अधिकारी , निवर्तमान अध्यक्ष  रघु प्रसाद आचार्य, राष्ट्र  बैकका उपनिर्देशक  रमेश चाैलागाई,  राष्ट्रिय सहकारी  बैक हेटाैडा शाखा प्रमुख रामेश्वर अर्याल,  मकवानपुर  जिल्ला बचत तथा ऋण  सहकारी संघ सचिव बिरेन्द्र ढुङ्गाना, हेटाैडा सहकारीका  अध्यक्ष  ईन्द्र बहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष  राजेन्द्र  प्रसाद पाैडेल,  कामधेनु बहुउद्देश्यीय  सहकारीका अध्यक्ष  उदय विडारी, बंशगाेपाल दुग्ध  सहकारी   उपाध्यक्ष  केशव धिताल, संस्था सचिव राेमबहादुर न्याैपाने लगायतकाे आतिथ्यता रहेकाे थियाे  ।

करिव ३ हजार जना शेयर सदस्य रहेकाे सहकारीको  शेयर पूजी  २ कराेड ६० लाख निक्षेप  २४ कराेड ६७ लाख र कर्जा लगाी २० कराेड ११ लाख रहेकाे ब्यवस्थापक दिपेन्द्र  गाैतमले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार