सुमन नेपाली
भक्तबहादुर श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनको पर्यावाची नाम हो । निरंकुश पञ्चायती व्यवस्थाको दबदबा रहेको बेला उहाँ ‘शेरसिंह’ नामबाट क्रान्तिको पक्षमा लागे। उनी यस्तो व्यक्ति हुन्, जो जीवनको झण्डै ६ दशक लामो समय कम्युनिष्ट आन्दोलनमा विताए । माओवादी आन्दोलनलाई संकटकाल लगाएर टाउकाको मूल्य तोक्ने प्रतिक्रियावादीहरुको नजरमा उनी भयङ्कर आतंककारी हो । तर नेपाली गरिब जनताको मुक्ति चाहनेहरुको नजरमा कमरेड भक्तवहादुर श्रेष्ठ एक क्रान्तिकारी योद्धा हो । सिङ्गो कम्युनिष्ट आन्दोलनको आदर्श नायक हो ।
२०६८ साल पुष २७ गते उनको दिवंगत भयो । नेपालको कम्युनिष्ट आन्दोलन एवं महान जनयुद्धमा उनले खेलेको भूमिकाको सम्मान स्वरुप उनको नाममा “भक्तवहादुर स्मृति प्रतिष्ठान” निर्माण भयो । प्रतिष्ठानले उनको योगदान र जीवनीसंग सम्बन्धित विभिन्न पुस्तकहरु प्रकाशन गरेको छ । त्यही पुस्तकहरु मध्ये “भक्तवहादुर श्रेष्ठ विविध आयाम” स्मृति ग्रन्थ प्रकाशित भएको छ ।
ग्रन्थमा “मेरो जीवनका उकाली ओरालीहरु” शीर्षकमा उहाँको जन्मकालदेखि चौथो महाधिवेशन कालसम्म आफ्नै जीवनयात्राको वैचारिक वर्णन गरिएको छ भने कमरेड किरण, कमरेड मोहनविक्रम सिंह, कमरेड अनिल शर्मा, कमरेड गौरवको श्रेष्ठको वैचारिक जीवन पक्षसंग सम्बन्धित आलेखहरु रहेका छन् । डा. ऋषिराज बराल र डा. नन्दीश अधिकारीले उहाँको सिर्जनामाथि समालोचना गरेका छन् । त्यसैगरी उमाकान्त आचार्यले उहाँको समग्र जीवनी र व्यक्तित्वमाथि चर्चा गरेका छन् । पुस्तकमा उनकी छोरी प्रतिभा श्रेष्ठ, देवेन्द्र तिम्ला, पत्रकार प्रताप विष्टको संस्मरण रहेको छ भने पुस्तकको अन्त्यमा उनको जीवनसंग सम्बन्धित रङ्गीन फोटोहरु राखिएको छ ।
समग्रमा नेपाली क्रान्तिका वर्गदुश्मनका विरुद्ध सैद्धान्तिक र व्यवहारिक रुपमा लडेका कुशल राजनीतिक व्यक्तित्व कमरेड शेरसिंहको जीवन क्रान्तिकारीहरुका लागी वैचारिक प्रेरणा हो । पुस्तक पठनीय रहेको छ ।
पुस्तक : भक्तवहादुर श्रेष्ठ विविध आयाम
मूल्य : रु.४००।–
पृष्ठ ः १७२
प्रकाशन : भक्तवहादुर स्मृति प्रतिष्ठान
साभार : जनबाटो डट कम
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















