Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको माछाप्लानमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किदा ४ घाइते, एकको अवस्था गम्भीर

images-1734827128.jpg

७ पुस, हेटौंडा। शनिबार साँझ हेटौँडा–५, माछाप्लान पिप्लेमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ माछाप्लान नजिकै  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्प्रदेश ३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको र स्कुटर सँग ठोक्किएको मोटरसाइकल  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रेलर ट्रकको बम्पटको भाग मुनी मोटरसाईकल पुग्दा उक्त घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी स्कुटर चालक हेटौँडा–१७, हटियाका ३४ वर्षीय रोहित तामाङको टाउको र दाहिने खुट्टामा चोट लागेर अवस्था गम्भिर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । दुर्घटनामा परी स्कुटर पछाडी सवार रोहितकी श्रीमति २८ वर्षीया रमिला तामाङ, रोहितको छोरा ८ वर्षीय रोजन तामाङ, मोटरसाइकल चालक हेटौँडा–३, बसामाडीका ३५ वर्षीय गोपी तामाङ र मोटरसाइकलमा सवार हेटौँडा–१९ नेवारपानीका ३० वर्षीय विष्णु प्रजा घाइते भएका छन् ।

रमिलाको दाहिने खुट्टामा चोट रहेको रोजनको मुख र दाहिने खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको, गोपीको टाउको र आँखाको भागमा चोट लागेको छ भने बिष्णु प्रजाको बाँया आँखा, निधार, मुख र दाहिने हातमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते रोहितको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको र अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।मोटरसाइकल, स्कुटर, ट्रक र ट्रक चालक चालकलाई वडा प्रहरी कार्यालयले  नियन्त्रणमा लिएको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार