Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङ हेटौंडा उपमहानगरको स्वामित्वमा, अब प्रवेश गर्न शुल्क लाग्ने

IMG-20241223-WA0005-1734955982.jpg

सुरुङ्को चाबि हस्तान्तरण गर्दै मुख्यमन्त्री लामा

♦ सुनिल शिवाकोटी 

८ पुस, हेटौंडा। सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको दक्षिण एसियाकै पहिलो सुरुङको रुपमा ख्याति कमाएको हेटौंडा १५ र बाराको चुरियामाई मन्दिर संगै रहेको सुरुङ हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। सोमबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सुरुङको चावी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री  लामो इतिहास बोकेको चुरियामाई सुरुङ् बागमती प्रदेश सरकारले पुनः निर्माण गरि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको बताए । उनले लामो इतिहास बोकेको सुरुङले मधेश प्रदेश र बागमती प्रदेश बिचको सम्बन्ध बलियो बनाई पर्यटकको रोजाइमा पर्न भूमिका खेल्ने भन्दै सुरुङको संरक्षणमा दुब प्रदेश लाग्नु पर्ने कुरामा जोड  दिएका छन्। सुरुङ् सञ्चालनमा थप वृद्धि विकास गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मुख्यमन्त्री लामाले  सुरुङमार्गलाई महत्व दिएर सबै पक्ष लाग्नुपर्ने उद्घोष गरेका थिए।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले उपमहानगरलाई सुरुङ् व्यवस्थित गरि सञ्चालन गर्न आग्रह गरेका छन्।सुरुङ्को साँचो ग्रहण गर्दै नगरप्रमुख लामाले कार्यविधि निर्माण गरेर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन।

कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, प्रदेश सभाका सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा,जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। 
सुरुङ् पुनः निर्माणका लागि प्रदेश सरकारबाट  तीन करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँमा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसँग सम्झौता गरेपनि यर्थात लागत खर्च तीन करोड ६५ लाख  ८५ हजार ४१५ रुपैयाँ खर्च भएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलले बताएका छन् । २२५ मिटर लामो  २.५ मिटर चौडाइ भएको सुरुङ्को उचाइ ३ मिटर रहेको छ। भूकम्प र जीर्णोद्धार रहेका कारण सुरुङ् विगत लामो समयदेखि प्रयोग बिहिन रहेको थियो। 

मकवानपुर र बारा जिल्लाको सिमाना हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग अवलोकनका लागि उपमहानगरले तयार गरेको कार्य विधि अनुसार नेपालीका लागि प्रतिव्यक्ति रु. ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको उपमहानगरपालिकाले जनाएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको जनाइएको छ । 

IMG-20241223-WA0007-1734955983.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार