सुरुङ्को चाबि हस्तान्तरण गर्दै मुख्यमन्त्री लामा
♦ सुनिल शिवाकोटी
८ पुस, हेटौंडा। सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको दक्षिण एसियाकै पहिलो सुरुङको रुपमा ख्याति कमाएको हेटौंडा १५ र बाराको चुरियामाई मन्दिर संगै रहेको सुरुङ हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। सोमबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सुरुङको चावी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामो इतिहास बोकेको चुरियामाई सुरुङ् बागमती प्रदेश सरकारले पुनः निर्माण गरि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको बताए । उनले लामो इतिहास बोकेको सुरुङले मधेश प्रदेश र बागमती प्रदेश बिचको सम्बन्ध बलियो बनाई पर्यटकको रोजाइमा पर्न भूमिका खेल्ने भन्दै सुरुङको संरक्षणमा दुब प्रदेश लाग्नु पर्ने कुरामा जोड दिएका छन्। सुरुङ् सञ्चालनमा थप वृद्धि विकास गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मुख्यमन्त्री लामाले सुरुङमार्गलाई महत्व दिएर सबै पक्ष लाग्नुपर्ने उद्घोष गरेका थिए।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले उपमहानगरलाई सुरुङ् व्यवस्थित गरि सञ्चालन गर्न आग्रह गरेका छन्।सुरुङ्को साँचो ग्रहण गर्दै नगरप्रमुख लामाले कार्यविधि निर्माण गरेर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन।
कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, प्रदेश सभाका सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा,जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
सुरुङ् पुनः निर्माणका लागि प्रदेश सरकारबाट तीन करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँमा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसँग सम्झौता गरेपनि यर्थात लागत खर्च तीन करोड ६५ लाख ८५ हजार ४१५ रुपैयाँ खर्च भएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलले बताएका छन् । २२५ मिटर लामो २.५ मिटर चौडाइ भएको सुरुङ्को उचाइ ३ मिटर रहेको छ। भूकम्प र जीर्णोद्धार रहेका कारण सुरुङ् विगत लामो समयदेखि प्रयोग बिहिन रहेको थियो।
मकवानपुर र बारा जिल्लाको सिमाना हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग अवलोकनका लागि उपमहानगरले तयार गरेको कार्य विधि अनुसार नेपालीका लागि प्रतिव्यक्ति रु. ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको उपमहानगरपालिकाले जनाएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको जनाइएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















