१४ पुस, हेटौंडा। हेटौंडामा लागुऔषध सेवनगरी सवारी चलाउने ३ जना चालकलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौडाबाट खटिएको प्राविधिक टोली समेतको सहकार्यमा सवारी चालकको स्वास्थ्य परीक्षणका क्रममा तीनजना चालकले लागूऔषध प्रयोगगरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना तथा क्षती न्युनिकरणको लागी सवारी साधनहरु रोकी चालकहरुको ड्रक्स टेस्ट किटबाट स्वास्थ्य परिक्षण गर्ने क्रममा ना ६ ख ३१२४ नम्बरको ट्रक चालक सर्लाही हरिवन ०७ बस्ने वर्ष ३१ को अनराज कार्की, ना ६ ख १७२९ नम्बरको ट्रक चालक जिल्ला हेटौडा ०८ बस्ने वर्ष ३२ को बिक्रम थापा र ना ४ ख ५१११ नम्बरको ट्याङ्कर चालक मकवानपुर मनहरी ०९ बस्ने वर्ष ३१ को अशोक थोकरले लागु पदार्थ सेवन गरेको पाईएकोले नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















