Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको पत्रकारसंग अन्तरक्रिया

28170866_1545754928843145-1518705920.jpg

सुनिल शिवाकोटी 
३ फागुन, हेटौँडा
।  बिहिबार हेटौँडामा  परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि  अन्तरक्रिया भएको  छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र टेकुको आयोजनामा मकवानपुरका रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा  नेपालमा परिवार नियोजनको साधनको प्रयोग दरमा क्रमिक वृद्धि हुँदै गईरहेको बताईएको छ ।   नेपालमा सन १९९६ मा २९ प्रतिशत रहेको परिवार नियोजनको प्रयोग दर  मा सुधार भई सन् २०१६  सम्मा परिवार नियोजनको प्रयोग दर  ५३ प्रतिशतमा पुगेको बताईएको छ ।  त्यसै गरी सन् १९९६ मा २६ प्रतिशतमा रहेको आधुनिक साधनको प्रयोग दरमा वृद्धि भई सन् २०११ सम्म आईपुग्दा ४३ प्रतिशत पुगेको  तर आधुनिक साधनको प्रयोग दर सन् २०११ को दाँजोमा २०११ मा सामान्य रुपका कम भएको र सन् २०११ को दाँजोमा २०१६ मा स्थिर भएको  सञ्चार केन्द्रले जनाएको छ ।   कार्यक्रममा परम्परागत तरिकाको परिवार नियोजनको साधनको प्रयोग दर भने बढेको बताईएको छ जसमा प्रजनन उमेरका महिलाहरु  र  दम्पतिमा बढि प्रयोग भएको परिवार नियोजनको सेवामा क्रमशः मिनिल्याप, डिपो र भ्यासेक्टोमी रहेको छ  जसामा ७ वटा प्रदेश मध्य प्रदेश नम्बर ३ मा ४९ प्रतिसत विवाहित जोडीले आधुनिक तरिकाको परिवार नियोजनको साधनको प्रयोग  गर्ने गरेको बताएईको छ । त्यसैगरी विवाहीत महिलाहरुमा परिवार नियोजन साधनको अपरिपूर्त माग दर २४ प्रतिशत  रहेको बताईएको छ । जसमा ८ प्रतिशत अस्थायी साधन र १६ प्रतिशत स्थायी साधन  रहेको छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा  नवजात शिशुलाई सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट निःशुल्क स्वास्थ्य स्याहार तथा उपचार सेवा प्रदान गरिएको  र उक्त सेवा प्रदान गरेबापत स्वास्थ्य संस्थालाई तोकिएको रकम उपलव्ध गराईने बताईएको छ । त्यस्तै  देशभरका सरकारी स्वास्थ्य सस्थाबाट  नवजात शिशु केन्द्रित सेवाहरु प्रदान गरिएको र जन्मदा सास नफेरेको वा नरोएको शिशुको पहिचान , जन्मदै कम तौल भएको शिशुको मूल्याङ्कन  र शिताङ्गको रोकथामका लागि  मूल्याङ्कन तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको बताईएको छ । त्यस्तै  सुरक्षित मातृत्व लगायतका आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क रुपमा प्रदान गरिने रणनीतिलाई  निरन्तरता दिईएको समेत बताएको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर मदन उपाध्यायको सभाध्यक्षतामा भएको  कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी, स्वास्थ्य शिक्षा अधिकृत आभा श्रेष्ठ , लोकराज पाण्डे तथा डा  शशी कंडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा मकवानपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

interact-1518705920.jpg

कार्यक्रममा सहजिकरण गर्दै केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार