Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राक्सिराङको हिउँदे अधिवेशनः प्रष्टखबरकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान

Screenshot_20250109_20042-1736433100.jpg

२५ पुस, हेटौंडा। मकवानपुरको विकट मानिएको राक्सिराङ गाउँपालिकाले पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी,कर्मचारी सम्मलाई सम्मान गरेको छ।गाउँपालिकाले बिहिबार सम्पन्न १७ औ हिउँदे अधिवेशन मार्फत पत्रकार देखी कृषक, विद्यार्थी ,शिक्षक र महिला उद्यमी सम्मलाई सम्मान गरेको हो।गाउँपालिकाले गाउँपालिकाको गतिविधि र समग्र जनोसरोकारको कुरामा सञ्चार माध्यम मार्फत राक्सिराङको पहिचान गराउन सहयोग पुयाएको भन्दै प्रष्टखबरका बरिष्ठ संवाददाता सुनिल शिवाकोटी  र समृद्ध समाज राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक सुरेश श्रेष्ठलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको हो।

त्यसैगरी गाउँपालिकाले शिक्षक तर्फ वडा नम्बर ७ मा रहेको दामाराङ् आधारभूत विद्यालयका  शिक्षक कौशि बहादुर सिंह बागेश्वरी मा विका अवकाश प्राप्त कार्यालय सहयोगी युद्ध बहादुर खत्री  र विद्यालय तर्फ गाउँपालिकाको वडा नम्बर २ कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयलाई सम्मान गरिएको हो।
त्यसैगरी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा उत्कृष्ट हुने  धिराङ आधारभूत विद्यालयका  छात्र इन्द्र बहादुर चेपाङ र  र बागेश्वरी मा विकी छात्रा  स्यामु माया रुम्बालाई  सम्मान गरिएको हो। त्यसैगरी २०८० को एसइइ परीक्षामा उत्कृष्ट भएका सूर्योदय मावि लक्ष्मण प्रजा र कंचन रानालाई पनि सम्मान गरिएको छ ।त्यसैगरी उत्कृष्ट गैरसरकारी संस्था तर्फ बिध्नहर्ता नेपाल ,उपभोक्त समिति तर्फ कोलगैरी दुंगु सडक स्तरीकरण योजना,महिला उद्यमीतर्फ श्री दिदी बहिनि कृषि तथा पशुपंक्षी पालन कृषक समूह ,कृषिफर्म तर्फ लरिन एकीकृत कृषि पशुपालन फर्म,समाजसेवी राजेन्द्र प्रजालाई  प्रशंसापत्रसहित सम्मान गरेको हो।त्यसैगरी गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका कर्मचारीलाई पनि सम्मान गरेको छ।वडाध्यक्ष तर्फ वडा नम्बर २ का वडा अध्यक्ष बुद्धराम मुक्तान,स्वास्थ्यकर्मी तर्फ राजेन्द थिङ्ग , अवकाशप्राप्त महिला स्वास्थ्य स्वयंसेविका  दिल माया मल्ल, महिला स्वास्थ्य स्वयंसेविका राम माया प्रजा ,वडा सचिव तर्फ वडा नम्बर ३ र ४ का वडा सचिव ईन्द्र बहादुर जिरेल, उत्कृष्ठ कर्मचारीमा पालिकाको योजना तथा राजश्व शाखा प्रमुख चुन नारायण श्रेष्ठ, र वडा नम्बर ४ का कार्यालय सहायक मदन मुक्तान र उदाहरणीय व्यक्तित्वमा प्रबिन स्थानतानलाई सम्मान गरिएको छ।

सम्मानित हुने सबैलाई कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा , विशिष्ट अतिथी संघीय संसाद महेश कुमार बर्तौला, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ, संविधानसभा सदस्य गोविन्द चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ लगायतकाले संयुक्त रुपमा सम्मान गरेका थिए। गाउँपालिकाको विकास र गाउँपालिकालाई चिनाउन सहयोग गर्ने,उत्कृष्ट  कार्य सम्पादन गरी कार्यालयलाई जनशेवामुखी बनाउने कर्मचारी सहित सबैलाई प्रोत्साहन स्वरुप सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गडतौलाले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूलाई पालिकाले स्थानीय  स्तरमा उत्पादित कुच्चो, नाङ्लो, चिउरीको मह, दाल, गहत मायाको चिनो स्वरूप प्रदान गरेको थियो। 

Screenshot_20250109_16000-1736433100.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार