Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राक्सिराङको हिउँदे अधिवेशनः प्रष्टखबरकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान

Screenshot_20250109_20042-1736433100.jpg

२५ पुस, हेटौंडा। मकवानपुरको विकट मानिएको राक्सिराङ गाउँपालिकाले पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी,कर्मचारी सम्मलाई सम्मान गरेको छ।गाउँपालिकाले बिहिबार सम्पन्न १७ औ हिउँदे अधिवेशन मार्फत पत्रकार देखी कृषक, विद्यार्थी ,शिक्षक र महिला उद्यमी सम्मलाई सम्मान गरेको हो।गाउँपालिकाले गाउँपालिकाको गतिविधि र समग्र जनोसरोकारको कुरामा सञ्चार माध्यम मार्फत राक्सिराङको पहिचान गराउन सहयोग पुयाएको भन्दै प्रष्टखबरका बरिष्ठ संवाददाता सुनिल शिवाकोटी  र समृद्ध समाज राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक सुरेश श्रेष्ठलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको हो।

त्यसैगरी गाउँपालिकाले शिक्षक तर्फ वडा नम्बर ७ मा रहेको दामाराङ् आधारभूत विद्यालयका  शिक्षक कौशि बहादुर सिंह बागेश्वरी मा विका अवकाश प्राप्त कार्यालय सहयोगी युद्ध बहादुर खत्री  र विद्यालय तर्फ गाउँपालिकाको वडा नम्बर २ कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयलाई सम्मान गरिएको हो।
त्यसैगरी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा उत्कृष्ट हुने  धिराङ आधारभूत विद्यालयका  छात्र इन्द्र बहादुर चेपाङ र  र बागेश्वरी मा विकी छात्रा  स्यामु माया रुम्बालाई  सम्मान गरिएको हो। त्यसैगरी २०८० को एसइइ परीक्षामा उत्कृष्ट भएका सूर्योदय मावि लक्ष्मण प्रजा र कंचन रानालाई पनि सम्मान गरिएको छ ।त्यसैगरी उत्कृष्ट गैरसरकारी संस्था तर्फ बिध्नहर्ता नेपाल ,उपभोक्त समिति तर्फ कोलगैरी दुंगु सडक स्तरीकरण योजना,महिला उद्यमीतर्फ श्री दिदी बहिनि कृषि तथा पशुपंक्षी पालन कृषक समूह ,कृषिफर्म तर्फ लरिन एकीकृत कृषि पशुपालन फर्म,समाजसेवी राजेन्द्र प्रजालाई  प्रशंसापत्रसहित सम्मान गरेको हो।त्यसैगरी गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका कर्मचारीलाई पनि सम्मान गरेको छ।वडाध्यक्ष तर्फ वडा नम्बर २ का वडा अध्यक्ष बुद्धराम मुक्तान,स्वास्थ्यकर्मी तर्फ राजेन्द थिङ्ग , अवकाशप्राप्त महिला स्वास्थ्य स्वयंसेविका  दिल माया मल्ल, महिला स्वास्थ्य स्वयंसेविका राम माया प्रजा ,वडा सचिव तर्फ वडा नम्बर ३ र ४ का वडा सचिव ईन्द्र बहादुर जिरेल, उत्कृष्ठ कर्मचारीमा पालिकाको योजना तथा राजश्व शाखा प्रमुख चुन नारायण श्रेष्ठ, र वडा नम्बर ४ का कार्यालय सहायक मदन मुक्तान र उदाहरणीय व्यक्तित्वमा प्रबिन स्थानतानलाई सम्मान गरिएको छ।

सम्मानित हुने सबैलाई कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा , विशिष्ट अतिथी संघीय संसाद महेश कुमार बर्तौला, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ, संविधानसभा सदस्य गोविन्द चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ लगायतकाले संयुक्त रुपमा सम्मान गरेका थिए। गाउँपालिकाको विकास र गाउँपालिकालाई चिनाउन सहयोग गर्ने,उत्कृष्ट  कार्य सम्पादन गरी कार्यालयलाई जनशेवामुखी बनाउने कर्मचारी सहित सबैलाई प्रोत्साहन स्वरुप सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गडतौलाले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूलाई पालिकाले स्थानीय  स्तरमा उत्पादित कुच्चो, नाङ्लो, चिउरीको मह, दाल, गहत मायाको चिनो स्वरूप प्रदान गरेको थियो। 

Screenshot_20250109_16000-1736433100.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार