२७ पुस,हेटौंडा। हेटौँडा–७, न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाले आफ्नो १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ।सम्पन्न साधारणसभा मार्फत संस्थाले संचारकर्मी, डाक्टर सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ।
शनिबार भएको भेलामा संचारकर्मी तर्फ प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, जेष्ठ नागरिकमा उमा थामी (महिला), द्वारकानाथ लामिछाने (पुरष) लाई सम्मान गरिएको छ। त्यसैगरी उत्कृष्ट बचतकर्तामा लक्ष्मी माया श्रेष्ठ,वातावरण र पर्यावरणीय अनुकूलनता तर्फ सम्झना गुरुङ, इनर्जी साइन्समा पीएचडी गर्ने सुवास अधिकारी, दन्त चिकित्सक रैभा मैनालीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
हेटौँडा वडानम्बर ७का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रोम बहादुर न्यौपानेको सभाध्यक्षतामा भेला भएको थियो ।
भेलामा रोम बहादुर न्यौपानेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सुजित कुमार पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भेलामा टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत गोपानी गौतम,जनकल्याण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, न्युरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, सृजना टोल विकास संस्थाका सचिव टुक कुमारी चौलागाई, पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरे,
स्थानीय समाजसेवीहरु रघुनाथ आचार्य, सुवोध रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा माक्षापालन टोल विकास संस्था हेटौंडा ५ का अध्यक्ष केशव श्रेष्ठ, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष जनार्दन पौडेल, महालक्ष्मी कृषि सहकारी अध्यक्ष अर्जुनहरी अधिकारी, चिसापानी मृत्यु कोषका अध्यक्ष नारायण प्रसाद अधिकारी, संस्थाका सल्लाहकार दिलीप सुवेदी,हिरादेवी महर्जन, स्थानीय समाजसेवी देव कुमारी अर्याल आमा समुह अध्यक्ष कमला पोखरेल लगायत हेटौँडा ७ मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य सौरभ अधिकारीले गरेका थिए।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















